• होमपेज
  • रिलिज पुर्व नै चर्चामा रहेको ‘झ्यालमा पर्दा छ’ सार्वजनिक….. (भिडियोसहित)
भिडियो

रिलिज पुर्व नै चर्चामा रहेको ‘झ्यालमा पर्दा छ’ सार्वजनिक….. (भिडियोसहित)

काठमाडौं । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् ।

यसै विच लोकप्रिय सर्जक गायक खेम सेन्चुरि र गायिका सुमन थापा मगरको ‘झ्यालमा पर्दा छ’ गितको अफिसियल म्युजिक भिडियो खेम सेन्चुरिको अफिसियल युटुव च्यानलबाट भखरै सार्वजनिक भएको छ ।

विज्ञापन

नेपालि लोक दोहोरी क्षेत्रमा खेम सेन्चुरि निकै लोकप्रिय र चर्चित नाम पनि हो , पछिल्लो समय उनले गाएका , सृर्जना गरेका हरेक गितहरु निकै लोकप्रिय पनि छन् । चिया छानेको , लरिलरि लै र सोचे झै जिन्दगी सेन्चुरिको सृर्जनामा रहेर करोड क्लवमा प्रवेश गरेका गितहरु हुन् । उनका फ्यान साथि शुभचिन्तकहरु उनको गाऊने शैलिमा लठ्ठै पर्छन् र उनको नया गित कहिले आऊछ भनेर निकै प्रतिक्षामा पनि रहन्छन् ।

यसै विच केहि दिन अघि मात्रै भक्तपुरमा उहाले एऊटा निकै मौलिक गित सुटिङ्ग गर्नु भएको थियो , जहा थुप्रै कलाकारहरुको जम्काभेट पनि देख्न सकिन्छ , सुटिङ्गको क्रममा गितका केहि टुक्काहरु टिकटकमा राखिएको र निकै भाईरल भएको पनि छ ।

लोकप्रिय गायक गायिका खेम सेन्चुरी र सुमन थापा मगरको आवाज रहेको गितमा गितकार नेत्र अर्यालको शब्द सृर्जना एवम् खेम सेन्चुरिको लय रचना रहेको छ । पुजामा गाऊले रोधि वसेको विषयवस्तु गितमा दर्शाईएको छ ।

प्रकाश भट्टले गितको निर्देशन गर्नुभएको छ भने थुप्रै कलाकारहरु, पत्रकारहरु लगायक सष्टा सर्जकहरु गितको म्युजिक भिडियोमा देखिनु भएको छ ।

उक्त गितको म्युजिक भिडियोलाई Khem Century को अफिसियल युटुव च्यानलबाट गरिएको छ भिडियो हेर्नको लागि तलको लिक खिच्नुहोला :

भिडियो यहाँ हेर्न सकिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook