• होमपेज
  • ओली-दाहाल भेट सम्पन्न, मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावबारे दाहाल रुष्ट
Breaking News

ओली-दाहाल भेट सम्पन्न, मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावबारे दाहाल रुष्ट

काठमाडौं, २६ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको भेटवार्ता सम्पन्न भएको छ । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा दाहालले कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध आफ्नै पार्टीका सांसदहरुले ल्याएको अविश्वासको प्रस्ताव फिर्ता लिनेगरि निर्देशन दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।

दाहालले पार्टी एकताका कार्यभार पूरा नहुँदै विगतको सहमति नै तोड्नेगरि कदम चाल्न नहुने धारणा राखेकाथिए । उनले ओलीसमक्ष शाहीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राखेका थिए । दाहालको भनाई थियो,‘कर्णालीमा पछिल्लो समय जे भैरहेको छ, त्यसले पार्टी एकता प्रक्रिया भाँड्ने काम भयो । पार्टी एकताका बेला गरिएको सहमतिबाट ब्याक हुन पाईँदैन् । कर्णालीको कुरा मिलाउँ । सबैलाई निर्देशन दिएर ब्याक गराउन लगाउनुहोस् ।’ त्यस्तै, अध्यक्षद्धयबीच मन्त्रिमण्डल पूनर्गठनबारे पनि छलफल भएको थियो । तर, दशैंअघि मन्त्रिमण्डल पूनर्गठन नगर्ने निश्कर्षमा प्रधानमन्त्री ओली पुगेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook