• होमपेज
  • पाङ युवा क्लवद्वारा २ विद्यालयमा शैक्षिक सामाग्री वितरण
कुश्मा नगरपालिका

पाङ युवा क्लवद्वारा २ विद्यालयमा शैक्षिक सामाग्री वितरण

पर्वत : जिल्लाको कुश्मा नगरपालिका १ पाङमा रहेको पाङ युवा क्लबले स्थानीय सिन्धाली स्थित सिन्धाली प्रा. वि. र ततरकोट स्थित गणेश प्रा. वि. मा शैक्षिक सामग्री वितरण गरेको छ ।

विद्यार्थीहरूको शैक्षिक अवस्था मजवुत बनाउने उद्देश्यले पढाइतर्फ प्रोत्साहन गराउन दुवै विद्यालयका करिब १०० विद्यार्थीलाई सामग्री वितरण गरिएको हो । साथै सिन्धाली प्रा वि का जेहेन्दार ५ जना, आर्थिक अवस्था न्यून भएका २ जना र गणेश प्रा वि का जेहेन्दार ४ जना तथा आर्थिक अवस्था न्यून भएका २ जनालाई थप शैक्षिक सामाग्रीका साथ सम्मान गरेको छ ।

विज्ञापन

कार्यक्रममा सिन्धाली प्रा. वि.का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा क्लबका सल्लाहकार दिपक सुवेदीले क्लबले गरेका यस्ता फरक कार्यक्रमले सबैलाई प्रभावित भएको बताउनुभयो । अबका दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन अनुरोध गर्नुभयो । प्रधानाध्यापक कमल पौडेलले क्लबको यस कार्यक्रमले निकै खुसी भएको साथै अबका दिनमा न्यानो कपडा वितरण गर्ने वातावरण मिलाउन पनि अनुरोध गर्नुभयो ।

क्लबका सल्लाहकार नरहरि रिजालले युवाको यो कार्यले आफू प्रभावित भएको बताउनुभयो । साथै यस्तै कार्यक्रममा प्रयोग गर्ने गरी रू. दुई हजार १ सय हस्तान्तरण गर्नुभयो । कार्यक्रममा गणेश प्रा. वि. का प्र. अ. वासुदेव उपाध्यायले यस कार्यक्रमले विद्यार्थी भइबहिनीहरूमा ठूलो सहयोग पुग्ने तथा आउँदा दिनमा पोशाकको व्यवस्थापन गर्न पाए विद्यार्थीमा ठूलो राहत मिल्ने बताउनुभयो ।

वि. व्य. स. अध्यक्ष गिमबहादुर परियार लगाएत थुप्रै अभिभावको उपस्थिति रहेको थियो । कार्यक्रममा क्लबका अध्यक्ष जयराम सुवेदीले क्लबको कार्ययोजना अनुसार यस कार्यमा जोडिएको बताउनुभयो । साथै विद्यार्थीलाई सक्रिय बनाउने अनि अनुशासन सिकाउने जिम्मेवारी शिक्षकको भएकाले हामी आफ्नो क्षेत्रबाट लाग्नुपर्ने अनि अहिले राम्रो ज्ञान दिन सकेमा विद्यार्थीको भविष्य राम्रो हुने हुनाले यसबारे खुलेर लाग्नुपर्ने तथा आउँदा दिनमा अरू फरक विद्यार्थी प्रोत्साहनका कार्यक्रम लिएर आउने बताउनुभयो । उपाध्यक्ष सन्देश के सि तथा सविता सुवेदीले स्वागत र कार्यक्रमको सञ्चालन क्लबका सचिव टेकबहादुर परियाले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै