• होमपेज
  • स्थानीय तहका कर्मचारी आन्दोलनमा, कुश्मा नगरपालिकाको काम ठप्प
कुश्मा नगरपालिका

स्थानीय तहका कर्मचारी आन्दोलनमा, कुश्मा नगरपालिकाको काम ठप्प

पर्वत । 

पर्वतको कुश्मा नगरपालिकामा कार्यरत कर्मचारीहरुले विभिन्न माग राखी आन्दोलन गरेका छन् । शुक्रबार नगरपालिकामा धर्ना दिएर उनीहरुले आन्दोलन गरेका हुन् । कर्मचारीहरुले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलन गरिरहेका छन् ।

प्रदर्शनमा सहभागी कर्मचारीहरुले देश सङ्घीयतामा गएको आठ वर्ष बितिसक्दा पनि कर्मचारीको सन्दर्भमा सङ्घीयताको ढाँचामा ऐन नआएकाले आन्दोलन गरेको बताए। उनीहरुले सञ्चारमाध्यममा आएका ड्राफ्ट हेर्दा स्थानीय तह कर्मचारीका सवाल वृद्धि विकास, अन्तरप्रदेश सरुवा, बढुवा लगायतका २० बुँदे माग राखेर आन्दोलन गरेको बताए । कार्यक्रममा स्थानीय तह कर्मचारी संघका सागर पोखरेल, याम प्रसाद शर्मा, पुरुषोत्तम सुवेदी लगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook