• होमपेज
  • विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय पर्वतमा पहिलो सेवाग्राहीलाई सम्मान
गण्डकी प्रदेश

विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय पर्वतमा पहिलो सेवाग्राहीलाई सम्मान

पर्वत । १४९औं विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय पर्वतमा विविध कार्यक्रम गरि मनाइएको छ । सो अवसरमा कार्यालयमा आउने पहिलो सेवाग्राहीलाई सम्मान गरिएको छ ।

कार्यालयका प्रमुख ध्रुव रिजालले पहिला सेवाग्राही दीर्घराज पुरीलाई सम्मान गर्नु भएको हो । सोही अवसरमा कार्यालयमा कार्यरत उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा कार्यालयका नासु गोपाल शर्मा अधिकारी र हुलाकी लेखनाथ सुबेदी रहनुभएको छ । उहाँहरुलाई नगद र सम्मानपत्रले सम्मान गरिएको हो ।

विज्ञापन

कार्यक्रममा बोल्दै कार्यालय प्रमुख रिजालले संचारको विकासका लागि हुलाक सेवाले अतुलनीय योगदान गरेको बताउँदै संचार क्षेत्रमा आएको परिवर्तनले हुलाकको सेवा खुम्चिदै गएको बताउनु भयो । उहाँले आधुनिक संचारको विकास गर्न हुलाकले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभयो । सो अवसरमा कार्यालयका नासु गोपाल शर्मा अधिकारी र बुद्द अर्यालले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook