• होमपेज
  • बाटुलेचौरमा तीज मेला हुने
कुश्मा नगरपालिका

बाटुलेचौरमा तीज मेला हुने

पर्वत । पर्वतको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको ऐतिहाँसिक बाटुलेचौर मन्दिरमा तीज मेला हुने भएको छ । लामो समयदेखि रोकिएको तीज मेलालाई जगेर्ना गर्ने उद्देश्यले मन्दिर व्यवस्थापन समितिको आयोजना र स्थानीय वडा कार्यालयको सहयोगमा मेला हुने भएको हो ।

मेलामा राष्ट्रिय एवम् स्थानीय कलाकारको प्रस्तुती, खुला तीज गित प्रतियोगिता, नृत्य प्रतियोगित लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ । १ सय ३० वर्ष पुरानो शिब एवम् कालीकाको मन्दिर रहेको बाटुलेचौरमा विगत ३० वर्षदेखि मेला हुन सकेको थिएन । धार्मिक एवम् ऐतिहाँसिक महत्व बोकेको यस स्थानमा तीज र चैते दशैंमा ठूलो मेला लाग्ने गरेको थियो ।

विज्ञापन

बाटुलेचौर मन्दिरमा पुजाआजा गरेमा मनोकांक्षा पुरा हुने विश्वासका साथ पर्वतका साथै कास्की, स्याङ्जा र बागलुङ लगायतका जिल्लाहरुबाट श्रद्धालु भक्तजनहरु आउने गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook