• होमपेज
  • पर्वतका प्रहरी प्रमुख र पत्रकार बीच अन्तरक्रिया
गण्डकी प्रदेश

पर्वतका प्रहरी प्रमुख र पत्रकार बीच अन्तरक्रिया

पर्वत । पर्वतका नयाँ प्रहरी प्रमुखको रुपमा आउनुभएका प्रहरी नायव उपरिक्षक खुमलाल भुसालले पर्वतका क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया गर्नुभएको छ ।

जिल्लामा पहिलो पटक आएसँगै आफ्नो कार्ययोजनाका बारेमा पत्रकारहरुसँग अन्तरक्रिया गर्नुभएको हो ।

विज्ञापन

अन्तरक्रिया कार्यक्रममा बोल्दै भुसालले जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सबैसँग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।

शान्ति सुरक्षा कायम गराउनु मेरो प्रमुख दायित्व हो उहाँले भन्नुभयो त्यसका लागि सबैसँग सहकार्य गरेर अगाडी बढ्छु ।

कार्यक्रममा पत्रकारहरुले जिल्लाका समस्याहरुका बारेमा जानकारी गराउनुका साथै कालीगण्डकी नदी दोहन रोक्न प्रहरी सक्रियता आवश्यक रहेको बताए । प्रहरी सक्रियताले मात्रै दोहन रोकिने भएकाले प्रहरी सक्रिय हुन सुझाव दिएका थिए ।

यसका साथै लागु औषधको ओसारपसार, टाफिक व्यवस्थापन, चोरीका घटनाका बारेमा समेत शुक्ष्म ढंगले अनुसन्धान गर्न सुझाव दिएका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook