• होमपेज
  • स्थानीय सरकारको अनुभुती दिलाउँदै मोदी गाउँपालिका, गाउँपालिकाबाटै श्रम स्वीकृती
गण्डकी प्रदेश

स्थानीय सरकारको अनुभुती दिलाउँदै मोदी गाउँपालिका, गाउँपालिकाबाटै श्रम स्वीकृती

पर्वत । मोदी गाउँपालिकाले श्रम स्वीकृति प्रदान गर्न शुरु गरेको छ ‌।
सोमबार रोजगार सेवा केन्द्र माफर्त पहिलोपटक सेवाको शुरुवात भएको गाउँ पालिकाका रोजगार संयोजक अनमोल क्षेत्रीले जानकारी दिए ‌ ।

श्रम स्वीकृति गाउँ पालिकाका अध्यक्ष हिरादेवी शर्माले वितरण गरी शुरुआत गरेकी हुन् ।

विज्ञापन

पहिलो श्रम स्वीकृति लिनेमा मोदी गाउँपालिका वडा न. २ देउपुर निवासी कुल बहादुर हमाल लाई प्रदान गरिएको छ ‌।

बैदेशिक रोजगारीका लागि पुन श्रम स्वीकृत प्रदान गरि सेवा केन्द्र मार्फत श्रम स्वीकृत दिने कार्यको थालनी गरिएको हो । स्थानिय तहहरू मार्फत श्रम स्वीकृति लिन सकिने गरी सरकार ले निर्णय गरेपछि मोदीले पहिलो स्विकृती प्रदान गरेको रोजगार संयोजक क्षेत्रीले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै