• होमपेज
  • पर्वत जीप दुर्घटनाः एक जनाको शव फेला, गाडी मोदी किनारमा भेटियो
Breaking News

पर्वत जीप दुर्घटनाः एक जनाको शव फेला, गाडी मोदी किनारमा भेटियो

बाग्लुङबाट पोखरा गरेको जीप पर्वतको कुश्मा स्थित तमादीखोलाले बगाउँदा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल खुमलाल भुसालका अनुसार केही समय अघि खोजीको क्रममा एक जनाको शव भेटिएको हो । जीपको केही भाग मोदीखोला दोभानमा भेटिएको छ । त्यहीँ नेपाली सेना, सशस्त्र प्रहरीसहित नेपाल प्रहरी टोलीले खन्न सुरु गरेको छ ।

विज्ञापन

डिएसपी भुसालका अनुसार इन्स्पेक्टर अविनास जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको टोली खोजी कार्यमा जुटेको छ । डिएसपी भुसालले चालक अहिले प्रहरीकै सम्पर्कमा रहेको बताए ।

उनले भने– ‘माथितिर झनै बढी बर्षा भएको रहेछ । खहरे खोला उर्लेर आयो । खोलानेर जीप पुग्दा पार गर्न नसकेपछि रोकेर ओड लगाउन लाग्दा ग्रेगरसहितको बाढी आएर जीप बगायो । भित्र रहेका तीन जना पनि सँगै बगे भनेर चालकले भनेका छन् । एक जना बाग्लुङबाटै चढेको र २ जना बीचबाट चढेको उनले बताएका छन् ।’ यात्रु सबै पुरुष हुन् ।

ग१ज ६२१३ नम्बरको जीप शनिबार साँझ साढे ६ बजे खोलाले बगाउँदा जीपसहित ३ जना वेपत्ता भएका हुन् । पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ र ८ को सीमा खोला तमादीमा आएको बाढीले खोला पार गरिरहेको जीपलाई बगाएको सर्वप्रथम त्यहाँबाट पत्रकार कृष्ण अखेलीले जानकारी दिए ।  तमादीखोला चुवा र खरेहा नजिकैको खोला हो । जहाँ पुल छैन । कजवे पार गर्ने क्रममा जीप बगेको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook