• होमपेज
  • अविरल वर्षाले पर्वतको भँगरामा एक घर भत्कियो
गण्डकी प्रदेश

अविरल वर्षाले पर्वतको भँगरामा एक घर भत्कियो

पर्वत /अविरल वर्षाका कारण जमिन गलेपछि जिल्लाको फलेवास नगरपालिका–९ भँगरामा एक घर भत्किएर पूर्ण रुपमा क्षति भएको छ ।

भँगरा स्थित सिरुवारिका ६६ वर्षीय बोम प्रसाद भुसालको घर बुधवार बिहान पौने नौ बजेको समयमा भत्किएको हो । घरसँगै जोडिएर रहेको कोठा जोगिएको भए पनि घरको मुख्य भाग भने पूरै भत्किएको पीडित भुसालले बताए । घरभित्र मानिस नभएको बेलामा भत्किएकाले मानवीय क्षति भने हुन पाएन । भत्किएको भाग ‘किचन’ का रुपमा प्रयोग हुँदै आएको थियो ।

विज्ञापन

भुसाल दम्पत्ती भत्किएर बाँकी रहेको सोही घरसँगै टाँसिएर बनेको कोठामा बसिरहेका छन् । वर्षा नरोकिएकोले भत्किएको घरमा रहेका सामग्रीहरू निकालेर सुरक्षित स्थानमा सार्न पनि समस्या भएको छ । ‘पानी रोकिएकै छैन । आज तीन दिन भयो । खाना खाने बेला नभएको हुनाले हामी बूढाबूढी भाग्यले जोगियौँ’, उनले भने, ‘वडामा र प्रहरीमा खबर गरेपछि प्रहरी आएर हेर्नुभएको छ ।’

देशभरि जस्तै पर्वतमा पनि सोमबार साँझदेखि निरन्तर रुपमा वर्षा भइरहेको छ । भारी वर्षा नभए पनि एक तमासले परेको वर्षाले जमिन गल्दा ठाउँ ठाउँमा साना ठुला पहिराहरू झर्ने क्रम सुरु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook