• होमपेज
  • ताराखोलामा जीप दुर्घटना, ७ जना घाईते
गण्डकी प्रदेश

ताराखोलामा जीप दुर्घटना, ७ जना घाईते

बागलुङ, १८ असोज– पोखराबाट बागलुङको ताराखोलाका लागि छुटेको जीप ताराखोला गाउँपालिका–३ को मनिवलमा दुर्घटना हुँदा जीपमा सवार सात जना घाईते भएका छन् ।

धौलागिरी कालिका यातायात प्रा.लि.को ग १ ज ६५४० नम्बरको जीप बिहिबार अपरान्ह ४ बजे दुर्घटनामा परेको हो । रोकी राखेको जीप एक्कासी पछाडी हिँडेपछि २५ मिटर तल खोलामा खसेको थियो । जीपमा सवार सबैको उद्धार गरेर उपचारका लागि गलकोट नगर अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायब निरीक्षक राम नारायण चौधरीले जानकारी दिए ।

विज्ञापन

चालकले टायरमा ओट लगाउने ढुंगा खोज्दा खोज्दै जीप खोलामा खसेको उनले बताए । घाइते हुनेहरुमा ताराखोला–५ चरौदीकुनाका मिलन सापकोटा, सिपकी शिरकुमारी दर्जी, रबि परियार, मनिषा परियार, सुशिला परियार, ताराखोला–४ दलान्चौरकी कमला खत्री र ताराखोला–२ अर्गलका भिमबहादुर रोका रहेको वडा नं. ३ का अध्यक्ष कर्णबहादुर भण्डारीले जानकारी दिए ।

घाइते भएका सबैको गल्कोट नगर अस्पतालमा उपचार भैरहेको र थप उपचार आबश्यक पर्ने बिरामीका लागि पोखरा रिफर गर्ने तयारी गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook