• होमपेज
  • जिल्ला प्रशासन कार्यालय पर्वतको छड्के अनुगमन
अर्थ/वाणिज्य

जिल्ला प्रशासन कार्यालय पर्वतको छड्के अनुगमन

पर्वत

चाडपर्वको बेला बजारमा हुन सक्ने कालोबजारी लगायत गैरकानुनी काम रोक्न जिल्ला प्रशासन कार्यालय पर्वतले मंगलबार छड्के अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलको नेतृत्वमा आकस्मिक अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा कुश्मा बजारका विभिन्न स्थानका साथै पातीचौर र डिमुवा बजारका विभिन्न खाद्यान्न पसल तथा होटलहरुको अनुगमन गरिएको हो ।

विज्ञापन

विभिन्न ठाउँमा गरेको अनुगमनमा मूल्य सूची टाँस नगरिएका, कारोवारको ईजाजत नलिएका, पान भ्याटको विवरण टाँस नगरिएका, म्याद सकिएका र अखाद्य सामानको बिक्री गरेका, किराना पसल तथा होटलबाट पेट्रोलियम पदार्थको विक्रि गरेका पाईएको छ । त्यस्ता पसलहरुलाई कारवाहीका लागि प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।

अनुगमनमा पातीचौर स्थित देउराली होटलबाट विक्रिका लागि राखिएको ३५ लिटर पेट्रोल जफत गरिएको छ । साथै कुश्मा बडागाउँ स्थित रेग्मी किराना पसलबाट पेट्रोल बेच्न प्रयोग गरिएका भाँडाहरु जफत गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै मदिरा र सूर्तीजन्य कारोबारका लागि अन्त शुल्कमा दर्ता नभएका केही पसललाई तत्काल दर्ता गर्न निर्देशन दिइएको छ भने केहीलाई कारवाहीको प्रक्रियामा अगाडी बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा करदाता सेवा कार्यालय पर्वतका प्रमुख कर अधिकृत शान्ति पौडेलले व्यावसाय अनुसरको करमा दर्ता भए नभएका साथै नियमित अद्यावधिक भए नभएका बारेमा अनुगमन गर्नुभएको थियो । अनुगमनमा पर्यटन तथा उद्योग कार्यालय पर्वतका नारायण प्रसाद शर्मा, उद्योग बाणिज्य संघ पर्वतका प्रतिनिधी, पत्रकार र सुरक्षाकर्मीहरु सहभागि रहेका थिए ।

यसैबीच डिमुवा बजारमा रहेको मोदी रिभरसाईड रेष्टुरेन्टमा अनुगमनका लागि पुगेको टोलि माथि संचालक ठक्कर प्रसाद शर्माले दुव्र्यवहार गर्नुभएको छ। पसल अनुगमनका लागि अनुमति नलिई आएको भन्दै उहाँले अनुगमन टोलीमाथि दुव्र्यवहार गर्नुका साथै पसल भित्र अनुगमनमा अवरोध गरेपछि टोली फर्किएको हो । रेष्टुरेण्टबाट पेट्रोल बेचेको भन्ने उजुरीका आधारमा अनुगमनका लागि टोलि पुगेको थियो । अवरोध भएपछि फर्किएको र दुव्र्यवहारको सन्दर्भमा आवश्यक कानूनी कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook