• होमपेज
  • ‘शुक्रबार समाजवादी मोर्चा घोषणा हुँदै’
द्रुत खबर बिशेष

‘शुक्रबार समाजवादी मोर्चा घोषणा हुँदै’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले शुक्रबार समाजवादी मोर्चा घोषणा हुने दाबी गरेका छन् ।विहिबार बिहान प्रशारित देशान्तर संवादमा बोल्दै उनले समाजवादी मोर्चा घोषणा हुने र त्यो बृहत वाम एकतासम्म पुग्ने दाबी गरेका हुन् ।

‘माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लबजीको पार्टी विच मोर्चा बन्दैछ,’ उनले भने, ‘जलहरी काण्ड, भुटानी शरणार्थी प्रकरण, यति ओम्नी जस्ता अनेक काण्डका कारण मुलुकको छवि बिग्रन गएको छ । भ्रष्टाचारका कारण देश बर्बाद भएको छ । तसर्थ सामाजिक रुपमा जागरण ल्याउने, शशक्त बनाउने, भ्रष्टाचार जस्ता जघन्य अपराधलाई समाप्त पार्ने उद्देश्यले मोर्चा बन्दै छ ।’

विज्ञापन

पार्टी निर्माण र विघटन नियमित चल्ने प्रक्रृया भएको बताउँदै नेता चौधरीले मोर्चा जनतामाझ टेष्ट पनि हुने र जनताको सुझाव अनुसार बामपंथी एकता हुँदै अगाडि बढ्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook