• होमपेज
  • केन्द्रीय सदस्य बद्री न्यौपानेले छोडे एमाले
पत्रपत्रिका

केन्द्रीय सदस्य बद्री न्यौपानेले छोडे एमाले

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले एमालेले जनता समाजवादी पार्टीसँग गरेको निर्वाचन गठबन्धनप्रति आपत्ति जनाउँदै पार्टी परित्याग गरेका छन् ।

नेता न्यौपानेले गठबन्धन देश र जनताको पक्षमा नभई विदेशीको स्वार्थमा गरिएकाले एमालेको केन्द्रीय सदस्यको पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

विज्ञापन

मधेशमा साम्प्रदायिकता भडकाई नाकाबन्दीजस्ता घृणित कार्य गर्ने जनता समाजवादी पार्टीसँग एउटा राष्ट्रवादी पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले साम्प्रदायिक पार्टीसँग जनताको मागविपरीत गरेको गठबन्धन गलत भएको न्यौपानेले टिप्पणी गरेका छन् ।

एमालेका सर्लाही जिल्ला सह-ईन्चार्ज रहेका उनले जसपालाई मधेशी पहाडीबीच सम्प्रायिकता भड्काउने पार्टीको संज्ञा दिँदै गठबन्धन विदेशी स्वार्थमा भएको बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook