• होमपेज
  • करातेको स्वर्ण एपीएफ र पुलिसलाई
खेलकुद

करातेको स्वर्ण एपीएफ र पुलिसलाई

पर्वत, असोज २९ गते । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पर्वतको कुश्मामा भइरहेको कराँतेको पहिलो ‘इभेन्ट’ का रूपमा पुरुषको एकल काता र महिला एकल काताको प्रतिस्पर्धा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न भएको पुरुष एकल कातामा सशस्त्र प्रहरी बलका स्वणीम मानन्धरले स्वर्ण पदक हात पार्नुभएको छ । बागमती प्रदेशका रेहान जावेदले रजत, प्रदेश नं. १ का आशिष् मगर र नेपाल प्रहरीका महसुस तामाङले कांस्य पदक हात पार्नुभएको हो ।
त्यस्तै महिला एकल कातातर्फ नेपाल प्रहरीका चन्चला दनुवारले स्वर्ण, नेपाली सेनाका सङ्गीता मगरले रजत, कर्णाली प्रदेशका एलिसा रास्कोटी र सुदूरपश्चिम प्रदेशका वर्षा साउदले कांस्य पदक हात पार्नुभएको छ ।

विज्ञापन

पुरुष समूह काता र महिला समूह काताका प्रतियोगिता भने शनिबार साँझसम्म सम्पन्न हुने राष्ट्रिय कराँते महासङ्घका प्रचार प्रमुख गजेन्द्र खपाङ्गीले जानकारी दिनुभयो । उहाँका अनुसार असोज ३० गते बिहान ८ बजेदेखि अन्य प्रतिस्पर्धा अन्तर्गतका प्रतियोगिता हुने छन् ।

जसमा महिला ५५ केजी, पुरुष ७५ केजी, महिला ६१ के.जी, र पुरुष ८४ केजीभन्दा माथिको तौल समूह गरी चार वटा खेल हुने छन् । यी समूहको सेमिफाइनल र फाइनल खेल दिउँसो १ बजेपछि सुरु हुनेछन् ।

असोज ३१ गते पुरुष ६० केजी, महिला ६८ केजीभन्दा माथि, पुरुष ६७ केजी र महिला ६८ केजी भन्दा तल र पुरुष ८४ केजी भन्दा तलको तौल समूहमा प्रतिस्पर्धा हुने छन् । यी विधाको सेमिफाइनल र फाइनल खेल सोही दिनको दिउँसो १ बजेपछि खेलाउने तयारी छ ।

कात्तिक १ गते महिला ४५ के.जी, पुरुष ५५ केजी, महिला ५० केजी र पुरुष ५० केजी तौल समूह गरेर चार वटा ‘इभेन्ट’ मा खेल हुने छन् । यी समूहका खेलको सेमिफाइनल तथा फाइनल खेल पनि दिउँसो १ बजेपछि हुने छन् ।

कात्तिक २ गते पुरुष टिम कुमुते (सामूहिक फाइट) र महिला कुमुते ‘इभेन्ट’ मा खेल हुने छन् । टिम कुमुतेको सेमिफाइनल र फाइनल खेल दिउँसो १ बजे सुरु हुने छन् । कराँतेका मुख्य सहायक प्रशिक्षक तथा प्रतियोगिताका सदस्य दीपक श्रेष्ठका अनुसार नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश कराँते ५३ औँ राष्ट्रिय कराँते प्रतियोगिता हो ।

महिला र पुरुषका काता र विभिन्न तौल समूह गरी कुल १९ ‘इभेन्ट’ मा खेल हुनेछ। ती ‘इभेन्ट’ बाट खेलाडीले ३२ स्वर्ण, ३२ रजत  र ६४  कांस्य गरी कुल १२८ पदक प्राप्त गर्नेछन् । कराँते सात प्रदेश, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर तीन विभागीय तथा एनआरएनएको एक टोली गरेर ११ समूह दुई सय ९० खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook