• होमपेज
  • पर्वत ठुलिपोखरी पोखरा सम्पर्क समाजको अध्यक्षमा सुबेदी
गण्डकी प्रदेश

पर्वत ठुलिपोखरी पोखरा सम्पर्क समाजको अध्यक्षमा सुबेदी

पोखरा । पर्वत ठुलीपोखरीबाट पोखरा आइ बसेकाहरुको संस्था पर्वत ठुलीपोखरी पोखरा सम्पर्क समाजको तेस्रो साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ ।

अधिबेशनले ठाकुर प्रसाद सुबेदीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेकोछ । नव निर्वाचित समितिको उपाध्यक्षमा शिव प्रसाद लामिछाने, बेदी प्रसाद सुवेदी, सचिबमा ॠषिराम पौडेल, कोषाध्यक्षमा शम्भु पौडेल, सहसचिबमा सीता कुमारी पौडेल सुवेदी र सदस्यहरुमा सुरेश लामिछाने, कल्पना लामिछाने, मिलन सुबेदी, महेन्द्र पौडेल, अर्जुन लम्साल, गंगा रिमाल र सन्दिप रिमाल निर्बिरोध निर्वाचित गरेको छ।

विज्ञापन

समाजको कार्यालय पोखरा ०९ मा भएको कार्यक्रममा बोल्दै संस्थाका निवर्तमान अध्यक्ष तथा कुश्मा १२ ठुलीपोखरीका अध्यक्ष झलक रिमालले संस्थाले ठुलीपोखरीको विकासका लागि सकारात्मक सहयोगका लागि आग्रह गर्नुभयो । कार्यक्रममा पुर्व अध्यक्ष गोकर्ण सुवेदी, सल्लाहकार राम प्रसाद आचार्य, महेश लामिछाने लगायतले मन्तव्य राख्नुभएको थियो । समाजका कार्यबाहक अध्यक्ष ठाकुर प्रसाद सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सदस्य सीता कुमारी पौडेल सुबेदीले र  कार्यक्रम सञ्चालन समाजका सचिब शिव प्रसाद लामिछानेले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा समाजले बिधान संशोधन गरेको छ भने निर्वाचित जनप्रतिनिधिलाई सम्मान समेत गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook