• होमपेज
  • अञ्जनको ह्याट्रिकमा नेपालको जित
खेलकुद

अञ्जनको ह्याट्रिकमा नेपालको जित

अञ्जन विष्टले पहिलो हाफमा गरेको ह्याट्रिकमा नेपालले बंगलादेशलाई पराजित गरेको छ।

मंगलबार दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३-१ गोलले पराजित गर्‍यो।

विज्ञापन

अञ्जनले खेलको १८ मिनेटमा पहिलो गोल गरे। विमल घर्तिमगरको फ्रिकिकमा उनले हेडमार्फत बललाई जाली चुमाएका थिए।

त्यसअघि खेलको १७ मिनेटमा बंगलादेशले खेलमा अग्रता लिने सुन्दर अवसर गुमाएको थियो। बंगलादेशका कप्तान जमाल भुयाले डिबक्स नजिकबाट हानेको फ्रिकिक बारमा लागेर बाहिरिएको थियो।

अञ्जनले खेलको २७ मिनेटमा नेपालको अग्रता दोब्बर पारे। तेज तामाङको प्रहार बंगलादेशका गोलकिपर अनिसुर रहमानले पञ्च गरेका थिए। रिबाउन्डमा डिबक्समा रहेका अञ्जनले उत्कृष्ट फिनिसिङ गरेका थिए।

अञ्जनले ३८ मिनेटमा ह्याट्रिक गरे। विशाल राईको फ्रिकिकमा सिक्सयार्ड बक्सबाट अनमार्क रहेका अञ्जनले तेस्रो गोल गरेका थिए। अञ्जनले नेपालका लागि २० मिनेटभित्रमा ह्याट्रिक पूरा गर्न सफल भए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook