काठमाडौं । देशभरका ७७ मतदान केन्द्रमा झडप र विवादका कारण निर्वाचन स्थगित भएको छ । निर्वाचन आयोगले गएराति प्रकाशित गरेको विवरण अनुसार ४३ वटा मतदानस्थलमा निर्वाचन रोकिएको हो ।
निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी)का अनुसार २८ वटा स्थानीय तह र १६ जिल्लामा कुनै न कुनै रुपमा निर्वाचन प्रभावित भएको छ । लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छैन ।केही मतदानस्थल (ठाउँ)मा एकभन्दा बढी मतदान केन्द्र बनाइएको हुन्छ । त्यसैले एक ठाउँमा झडप भएका कारण त्यस मतदानस्थलमा रहेका सबै केन्द्रमा मतदान स्थगित भएको हो
विज्ञापन



फेसबुक प्रतिक्रियाहरु