• होमपेज
  • पर्वतमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, ६५ प्रतिशत मत खस्यो
Breaking News

पर्वतमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, ६५ प्रतिशत मत खस्यो

पर्वत । स्थानीय तहको निर्वाचनको क्रममा पर्वतका ७ वटै स्थानीय तहमा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । केही स्थानमा सामान्य विवाद बाहेक जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भई मतपेटिका संकलन शुरु भएको छ ।

जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार जिल्लाभर कुल ६५ प्रतिशत मत खसेको छ । कुल १ लाख २२ हजार ५० कुल मतदाता मध्ये ७९ हजार ७९६ जनाले मतदान गरेका छन् ।

विज्ञापन

जस अनुसार जिल्लाको कुश्मा नगरपालिकामा ६६ प्रतिशत, फलेवास नगरपालिकामा ६३ प्रतिशत, जलजला गाउँ पालिकामा ६८ प्रतिशत साथै मोदी गाउँपालिकामा ६४ प्रतिशत मत खसेको छ ।

त्यस्तै महाशिला गाउँपालिकामा ६४ प्रतिशत, बिहादी गाउँपालिकामा ६३ प्रतिशत र पैयूँ गाउँपालिकामा ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लक्षु शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार जिल्लाका ७ वटै तहका मतपेटिका संकलन कार्य भईरहेको र भोलि बिहानदेखि मतगणना हुने बताईएको छ । कतिपय स्थानबाट मतपेटिका संकलनमा समय लाग्ने भएकाले शनिबार बिहानदेखि मतगणना गर्ने तयारी भईरहेको उहाँको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook