• होमपेज
  • गुल्मीमा मध्यान्हसम्म ३१ प्रतिशत मत खस्यो
Breaking News

गुल्मीमा मध्यान्हसम्म ३१ प्रतिशत मत खस्यो

गुल्मी । शुक्रबार भइरहेको स्थानीय तहको निर्वाचनमा गुल्मीमा दिउँसो १ बजेसम्म ३१ प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि नै गुल्मीका १२ वटै पालिकामा उत्साहपूर्वक मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी अर्जुन पन्थीले बताए ।

जिल्लाका ९३ वडाका १४२ मतदान स्थलमा २७९ वटा मतदान केन्द्र रहेका छन् । गुल्मीमा ४८९ जना जनप्रतिनिधिका लागि १ हजार २४३ जना चुनावी मैदानमा उत्रिएका छन् ।

विज्ञापन

गुल्मीमा २ लाख २४ हजार २७६ जना मतदाता छन् भने बताए । निर्वाचनका लागि २ हजार ५ सय ८३ जना सुरक्षाकर्मी खटिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook