• होमपेज
  • कुश्मा नगरपालिकामा नेकपा एसको संगठन विस्तार तिव्र
द्रुत खबर बिशेष

कुश्मा नगरपालिकामा नेकपा एसको संगठन विस्तार तिव्र

पर्वत/पर्वतको कुस्मा नगरपालिकाका वडाहरुमा नेकपा एकीकृत समाजवादीको संगठन बिस्तार अभियानले तिव्रता पाएको छ । शनिबार कुश्मा बजार भित्रका ३ वटा वडाहरुमा वडा कमिटि गठन भएको हो ।

कुस्मा नगरपालिका वडा नं. ५ मा गौतम श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटिको गठन गरिएको छ भने वडा नं. ६ मा धर्मराज गुरुङको अध्यक्षतामा ९ सदस्यीय कमिटि गठन भएको छ साथै वडा नं. ७ मा भोलानाथ भुसालको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटिको गठन गरिएको नेकपा एस पर्वतका सदस्य साजन श्रेष्ठले जानकारी दिनुभयो ।

विज्ञापन

वड नं. ५ मा गठित कमिटिको उपाध्यक्षमा नारायण प्रसाद अधिकारी र मोमजन सेठ सचिबमा सिर्जना श्रेष्ठ, उपसचिबमा मोहमद हफिज र अर्जुन श्रेष्ठ रहेका छन् ।

त्यस्तै सदस्यहरुमा देबी श्रेष्ठ, कमल श्रेष्ठ, पूर्ण क्षेत्री, रेशम बि.क., साजन परियार, सहदिन मिया, जबिउल्ला मिया, अमिन मिया, हमिद अलि, अमिर अली, रत्न कुमारी श्रेष्ठ रहनुभएको छ । यसैगरि बसन्ती श्रेष्ठ, बिष्णु श्रेष्ठ, मिना श्रेष्ठ, जुलिमा बेगम र स्नेहा श्रेष्ठ रहनुभएको छ । यसैगरि भेलाले मनिष श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय युवा संघ वडा कमिटिको समेत गठन गरेको छ ।

३ वटै भेलालाई सम्बोधन गर्दैै नेकपा एस पर्वतका अध्यक्ष मोती प्रसाद पौडेलले नेकपा एस जनताको बीचमा लोकप्रिय हुँदै गएकाले संगठनमा आवद्ध हुने सदस्यहरुको संख्या बढ्दै गएको बताउनुभयो ।

उहाँले केपी ओलीले दुई तिहाई जनमतको उपेक्षा गर्दै संबिधान र लोकतन्त्र मास्ने काम गरेकाले त्यसको बिरुद्धमा बिद्रोह गरेर जानुपरेको बताउँदै अलमलिएर बसेका कार्यकर्ताहरुलाई नेकपा एकीकृत समाजवादीमा समाहित हुन आग्रह गर्नुभयो ।

कार्यक्रमा नेकपा एस केन्द्र्रीय परिषद् सदस्य प्रेम गुरुङले नेकपा एस उत्पीडित, शोशित एवम् सिमान्तकृतहरुको पार्टी भएकाले मजदुर एवम् किसानहरु एकजुट भएर नेकपा एसमा आउन आग्रह गर्नुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook