• होमपेज
  • पर्वतमा नेकपा एकीकृत समाजवादी निकट मुस्लिम इतिहात संगठन निर्माण
गण्डकी प्रदेश

पर्वतमा नेकपा एकीकृत समाजवादी निकट मुस्लिम इतिहात संगठन निर्माण

पर्वत / नेकपा एकीकृत समाजवादी पर्वतले जिल्लामा रहेका मुस्लिम समुदायको संगठन मुस्लिम ईतिहात संगठन निर्माण गरेको छ । शनिबार सम्पन्न मुस्लिम समुदायको भेलाले रम्जान अलीको अध्यक्षतामा १७ सदस्यीय कमिटि गठन गरेको हो ।

कमिटिको उपाध्यक्षमा जुलिना बेगम र इब्रहीम खलिल, सचिबमा फारुक दिन मिया, सह सचिबमा सद्धाम हुसैन र कोषाध्यक्षमा मुख्तार मिया रहेकाछन् ।

विज्ञापन

कमिटिको सदस्यहरुमा मोहमद हकिम, करिमा खातुन, मोहमद हाफिज, अब्दुल रहिम, मुम्जान सेख, मो रम्जान मिया, जेहर खान, साबुदीन मिया, मक्साना खातुन, जमाल मिया र मुतिर खाँ रहेका छन् ।

भेलालाई सम्बोधन गर्दै नेकपा एसका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा सदस्य कलिला खातुनले नेकपा एस उत्पीडित अल्पसंख्यकहरुको पार्टी भएकाले सबै मुस्लिम समुदाय एकतावद्ध भएर पार्टीमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले केपी ओलीको स्वेच्छाचारिता र निरंकुशताको बिरुद्धमा आँफूहरुले बिद्रोह गरेर संबिधान बचाएको बताउनुभयो । उहाँले जनताले दिएको दुई तिहाई मतको अबमूल्यन गर्ने केपी ओली र उनको पार्टीलाई मत दिनु लोकतन्त्र समाप्त पार्नु जस्तै भएको आरोप लगाउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook