• होमपेज
  • कुश्मा स्थित मोदीमा खोलामा युवतीको बेवारिसे शव भेटियो
गण्डकी प्रदेश

कुश्मा स्थित मोदीमा खोलामा युवतीको बेवारिसे शव भेटियो

पर्वत : पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा पर्ने मोदी खोलामा एकजना युवतीको बेवारिसे शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार अन्दाजी २० वर्ष उमेरकी ती युवतीको सनाखत हुन सकेको छैन।

विज्ञापन

ह्यापी होली लेखिएको सेतो टिसर्ट र कालो ट्र्याक लगाएकी ती युवतीको शव पोस्टमार्टमका लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ।

आफ्नो मान्छे हराएको भनी प्रहरीमा रिपोर्ट नआएका कारण पनि शवको सनाखत गर्न नसकिएको प्रहरीको भनाइ छ। होलीको टिसर्ट लगाएका कारण उनको मृत्यु पहाडमा होली मनाइएको दिन बिहीबार भएको हुन सक्ने देखिएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook