• होमपेज
  • सेन्ट्रल जोनको उपाधि जितेको राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान गर्ने
खेलकुद

सेन्ट्रल जोनको उपाधि जितेको राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान गर्ने

काठमाडौं- नेपाल खेलकुद महासंघ (नेकोस)ले बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई नगदसहित सम्मान गर्ने भएको छ।

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भइ पदक प्राप्त गर्ने खेलाडी तथा टोलीलाई प्रोत्साहन गर्ने नीतिअनुरूप नेकोसले महिला भलिबल टोलीलाई आगामी फागुन ७ नगदसहित सम्मान गर्ने आज सम्पन्न नेकोसको सातौँ केन्द्रीय पदाधिकारी बैठकले निर्णय गरेको नेकोसका संयोजक कृष्ण बस्नेतले जानकारी दिए।

विज्ञापन

उनका अनुसार नेकोसले वर्षभरि गरेको प्रदर्शनका आधारमा खेलका सबै विधाहरुमा उत्कृष्ट हुने खेलकर्मी छनोट गरी नगदसहित सम्मान गर्ने भएको छ।

त्यसैगरी नेकोसले बैठकले राष्ट्रिय खेलकुद परिषद्‍मा देखिएको अन्योललाई छिटोभन्दा छिटो समाधान गर्न माग गरेको छ भने नवौँ राष्ट्रिय खेलकुदको मिति तोक्न आग्रह गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook