• होमपेज
  • अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्रलाई दिने तयारी
पत्रपत्रिका

अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्रलाई दिने तयारी

काठमाडौं– अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्र प्रहरी बललाई दिने तयारी सुरु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्रलाई दिने तयारी भएको हो।

गृहमन्त्री बालकृष्ण खाणले सोमबार सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजना, २०७८ मा यी तीन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक सुरक्षा जिम्मा सशस्त्रलाई दिने उल्लेख गरिएको छ।

विज्ञापन

आकस्मिक सुरक्षाका लागि यी तीनवटै विमानस्थलमा सशस्त्र प्रहरी तैनाथी रहने कार्ययोजनामा उल्लेख छ। आउँदो एक वर्षभित्रमा उक्त काम सम्पन्न गरेर सशस्त्रलाई अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा दिइने उल्लेख गरिएको छ। यसले विमानस्थलको आकस्मिक सुरक्षा व्ययवस्थापन थप प्रभावकारी बन्ने दाबी गरिएको छ।

अहिलेसम्म नेपाल प्रहरीले नै विमानस्थलको सुरक्षा गर्दै आएको छ। विमानस्थलको सुरक्षा आफूहरुले पाउनुपर्ने भन्दै सशस्त्रले पटक–पटक लबिइङ गर्दै आएको थियो।

सशस्त्रले अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय सीमाकै रुपमा हेर्ने प्रचलन भएकाले सुरक्षाको जिम्मा आफूहरुले पाउनुपर्ने दाबी गर्दै आएको थियो।

सशस्त्रकै माग सम्बोधन हुनेगरी गृहमन्त्री खाणले आफ्नो कार्ययोजनामा विमानस्थलको सुरक्षा जिम्मा सशस्त्रलाई दिने उल्लेख गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook