• होमपेज
  • वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय
Breaking News

वैशाख ३० मा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

स्थानीय तहको निर्वाचन

काठमाडौं- सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त मितिमा एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

यसअघि प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीचको छलफलमा जेठ ४ गते निर्वाचन गर्ने गरी छलफल भएको थियो। तर मन्त्रिपरिषद्ले अझ अगाडिकै मिति तय गरेको हो।

विज्ञापन

स्थानीय तहको मितिका सम्बन्धमा केही समययता विवाद हुँदै आएको थियो। सत्ता गठबन्धनकै केही दलहरुले २०७९ असोजदेखि चैतसम्म निर्वाचन गर्न सकिने बताउँदै आएका थिए। तर, आमरुपमा आलोचना भएपछि गठबन्धनको बैठकमा २०७९ जेठभित्र निर्वाचन गरिसक्ने सहमति भएको थियो।

स्थानीय तहको अघिल्लो निर्वाचन तीन चरणमा भएको थियो। २०७४ वैशाख ३१, असार १४ र असोज २ मा निर्वाचन भएकाले आगामी निर्वाचन कहिले गर्दा हुने भन्ने विषयमा दलहरुबीच फरक-फरक मत देखिएको थियो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook