• होमपेज
  • यथास्थितिमा एमसिसी स्वीकार्य छैन : नारायणकाजी
पत्रपत्रिका

यथास्थितिमा एमसिसी स्वीकार्य छैन : नारायणकाजी

काठमाडौँ – माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितिमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन नगर्ने बताएका छन्।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच महिनाभित्र (१७ फागुन) संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता एमसीसीलाई लेखेको सार्वजनिक भएपछि नेता श्रेष्ठले यथास्थितिमा संसद्बाट एमसीसी स्वीकार नगर्ने घोषणा गरेका हुन्।

विज्ञापन

‘प्रम देउवा र अध्यक्ष क. प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसीसी कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ। पार्टी दृढ छ, यथास्थितिमा यो सम्झौता स्वीकार गरिने छैन,’ उनले भनेका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook