• होमपेज
  • नेप्सेमा सामान्य सुधार, ५ अर्ब २ करोड २० लाख बढिको कारोबार
अर्थ/वाणिज्य

नेप्सेमा सामान्य सुधार, ५ अर्ब २ करोड २० लाख बढिको कारोबार

काठमाडौं – साताको दोस्रो दिन सोमबार नेप्सेमा सामान्य सुधार देखिएको छ । अघिल्लो दिन ४० अंकले घट्न पुगेको शेयर बजारमा आज झिनो अंकले बृद्धि हुन पुगेको
हो ।

आज नेप्से परिसूचक १५।६९ अंकले बढेर २८५१।८६ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २ करोड २० लाख १७ हजार १८० रुपैयाँको कारोबार भएको छ ।

विज्ञापन

आज नेप्सेमा सामान्य सुधार देखिएतापनि कारोबार रकम भने घट्न पुगेको छ । यस्तै नेप्सेमा सूचीकृत २२४ कम्पनीको ९५ लाख १२ हजार ५८० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २ करोड २० लाख १७ हजार १८० रुपैयाँको कारोबार भएको छ ।

५ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक निफ्राको कारोबार भएको छ । कम्पनीको आज एकैदिन ४९ करोड ३४ लाख ४९ हजार ८३९ रुपैयाँको कारोबार भएको छ । कम्पनीको शेयरमूल्य आज ८।४२ प्रतिशतले बढेसँगै सर्वाधिक कारोबार हुन पुगेको हो ।

दोस्रोमा नेशनल हाइड्रोपावर रहेको छ, कम्पनीको आज २७ करोड ६६ लाख रुपैयाँ, तेस्रोमा अरुण भ्याली हाइड्रोपावरको २५ करोड १६ लाख, चौथोमा एनटिसीको २४ करोड ४८ लाख र नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड ३० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook