• होमपेज
  • सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार
Breaking News

सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार

काठमाण्डाै – सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि तयार गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहीवार बसेको कार्यदलको बैठकले कार्यविधिको अन्तिम खाका तयार पारेको हो । याे कार्यविधि सत्ता साझेदार दलका शीर्ष नेतालाई छिट्टै बुझाइने छ । ‘चाँडै नै प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउँछौँ’, कार्यदलका सदस्य सचिव केशवराज जोशीले भन्नुभयो ।

विज्ञापन

कार्यविधिलाई अन्तिम रूप दिन कार्यदलको आज बिहानैदेखि बैठक बसेको थियो । बैठकमा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहनुभएका कार्यदलका संयोजक पूर्णबहादुर खड्कासहित कांग्रेसका डा. मिनेन्द्र रिजाल र रमेश लेखक, नेकपा माओवादी केन्द्रका देव गुरुङ र वर्षमान पुन तथा जनता समाजवादी पार्टी जसपाका राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सहभागी हुनुहुन्छ ।

कार्यदलले गठबन्धन सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, सङ्घीयताको कार्यान्वयनलगायत विषय समेटेर साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । सत्तारुढ शीर्ष नेतृत्वले छलफल गरी याे प्रतिवेदन सार्वजनिक गर्ने सदस्य सचिव जोशीले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै