• होमपेज
  • एकता हाम्राे चाहना हाे, त्यसैमा प्रयास गरिरहेकाे छु : माधव नेपाल
Breaking News

एकता हाम्राे चाहना हाे, त्यसैमा प्रयास गरिरहेकाे छु : माधव नेपाल

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले एकताको पक्षमा आफू प्रयासरत रहेको बताउनुभएको छ । बिहीवार आफू पक्षका केन्द्रीय सदस्यहरूको बैठकमा सम्बोधन गर्दै उहाँले पार्टी एकताका लागि वार्ता अघि बढिरहेको बताउनुभएको हो ।

नेता नेपालले केही विषयमा सहमति भएको उल्लेख गर्दै अझै केही विषयमा वार्ता गरिरहेको बताउनुभएको एमाले नेता रघुजी पन्तले जानकारी दिनुभयो । नेता नेपालले सहमतिका लागि वार्तामा अझै पनि सामेल भएको भन्दै एकता आफ्नो इच्छा र चाहना भएको बताउनुभएको नेता पन्तले भन्नुभयो ।

विज्ञापन

उहाँले भन्नुभयो, ‘एकताको प्रक्रिया र वार्ता अघि बढिरहेको छ । केही सहमति भएका छन् । केही विषयमा अझै वार्ता जारी छ । यो विषयमा स्थायी कमिटीमा हामीले निरन्तर छलफल गरिरहेका छौँ । एकता हाम्रो इच्छा हो । चाहना हो । अहिलेसम्म वार्ताबाट आएका सहमति त छँदैछन्, हामी एकता र सहमतिका लागि अझै वार्तामा सामेल छौँ । प्रयासरत छौँ भनेर भन्नुभयाे ।’

बैठकमा नेपाल पक्षको कार्यदल संयोजक भीम रावलले १० बुँदे सहमतिको सम्बन्धमा ब्रिफिङ गर्नुभएको थियो । संस्थापन पक्षले पार्टी सदस्यता नवीकरणका लागि मिति तोकेरै अघि बढेको अवस्थामा कार्यदल संयोजक रावलले नवीकरणको काम पार्टी एकता टुङ्गिएर २०७५ जेठ २ गतेको अवस्थाको बैठक बसेपछि गर्न अनुरोध गरेको र त्यसको सकारात्मक जवाफ आएको रावलले जानकारी दिएको नेता पन्तले बताउनुभयो । उहाँले एकताको पाइला सकारात्मक रूपमा अगाडि बढेको जिकिर पनि गर्नुभयो ।

आजको बैठकमा दश जनाभन्दा धेरै केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेको नेता पन्तले जानकारी दिनुभयो । बैठक भोलि शुक्रवार बिहान साढे ११ बजे फेरि बस्ने उहाँले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook