• होमपेज
  • पोखरा-नेपालगञ्ज हवाई उडान सुरु
Breaking News

पोखरा-नेपालगञ्ज हवाई उडान सुरु

पोखरा : बुद्ध एयरले आइतबारदेखि पोखरा–नेपालगञ्ज सिधा हवाई उडान सुरु गरेको छ । गण्डकी प्रदेशको राजधानी र नेपालगञ्ज जोड्ने गरी बुद्ध इयरले हप्ताको तीन दिन नियमित उडान सुरु गरेको हो ।

पोखरा–नेपालगञ्ज सिधा हवाई उडान पहिलो पटक शेडूयल अनुसार सुरु भएको हो । बुद्ध एयरले पहिलो चरणमा आइतबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन दिन पोखरा–नेपालगञ्ज उडान सुरु गरेको बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । १८ सिट क्षमताको बीचक्राप्ट १९०० डी सिरिजको जहाजबाट उडान सुरु भएको बरालले बताए । यात्रुको चाप बढ्दै गए दैनिक वा ठुलाआकारका जहाज समेत चलाउने गरी उडान सुरु भएको स्टेशन म्यानेजर बरालले बताए ।

विज्ञापन

पोखरा–नेपालगञ्ज हवाई उडान सुरु संगै आइतबार पोखराबाट नेपालगञ्ज जाने र नेपालगञ्जबाट पोखरा आउने दुबै उडानमा फुल क्यापसिटी १८ जना यात्रु आउ जाउँ गरेका छन् । बुधबारकालागि पनि अहिले नै ९ जनाले बुक गरिसकेको र बुकिङ गर्ने क्रम भइरहेको नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

पोखराबाट बद्रिया, रारा ताल जाने आन्तरिक र विदेशी पर्यटकले पोखरा–नेपालगञ्ज उडानका बारेमा निकै सोधीखोजी गर्ने भएपछि नाट्टाले पहिलो चरणमा यात्रुको मागलाई ध्यानमा राखेर चाट्र्ड उडान सुरु गरेको सिग्देलले बताए । बुद्धले शेड्रयल नै बनाएर उडान गर्ने भएपछि भारतको लखनउ, कानपुर सम्म र कणाली र सुदुपश्मिका नेपाली नागरिकलाई पनि पोखरा आउजाउमा सहज हुने उनले सुनाए ।

बुद्धले पोखरा–नेपालगञ्ज उडान सुरु गरे संगै गण्डकी र लुम्बीनी प्रदेशका दुई सहर संग सिधै पर्यटक आउजाउ गर्न सक्ने भएकोले गर्मी छल्न नेपाली र भारतीय पर्यटक सिधा पोखरा आउन सक्ने अवस्थाको सृजना भएको नाट्टा गण्डकीका एयर टिकटीङ संयोजक सन्दिप श्रेष्ठले बताए । उडान सुरु नहुँदै स्वदेशी र विदेशी पर्यटकले पोखराबाट नेपालगञ्ज जाने र नेपालगञ्जबाट पोखरा आउने विमान चल्ने नचल्ने बारे निकै सोधखोज गर्ने गरेको पनि उनले बताए ।

पोखराका पर्यटन व्यवसायीले पोखरा देखि सिमरा र विराटनगर पनि उडान गर्न वायुसेवा कम्पनी संग अनुरोध गर्दै आएका छन् । गण्डकी प्रदेश सरकारले पनि वायुसेवा कम्पनीलाई अनुरोध गर्दै आएको छ । पोखरा–सिमरा उडान पनि छिट्टै गर्ने गरी तयारी गरेको बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए । पोखरा–बिराटनगर उडानका विषयमा पनि बुद्ध एयरले उडान संचालनका विषयमा छलफल चलाई रहेको उनले बताए ।

पोखराबाट बिहान ९ बजेर १० मिटेमा जहाज नेपालगञ्जका लागि उड्ने छ । यसै गरी नेपालगञ्जबाट १० बजे पोखराका लागि उडान हुने बरालले बताए । पोखरा–नेपालगञ्ज ३५ मिनेटको उडान हो । बुद्धले यो रुटमा तीनप्रकारका भाडादर तोकेको छ । सबैभन्दा महंगो भाडा फुल फेयर ७६ सय ३५ रुपौयाँ पर्ने छ । मध्यमस्तरको भाडादर ५५ सय ३५ रुापैयाँ र सस्तो भाडादर ४९ सय ३५ रुपौयाँ हो । यात्रुको चाप अनुसार भाडादर पनि तलमाथि हुने बरालले बताए ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयार हुनै थालेकोले पनि पोखरालाई आधार बनाएर विभिन्न सहर जोड्ने गरी उडान सुरु गरेको बुद्ध एयरले बताएको छ । बुद्धले पोखराबाट काठमाण्डौ, भैरहवा र भरतपुर उडान गरिरहेको छ ।

बुद्धले पोखरा–भैरहवा दैनिक दुई र पोखरा–भरतपुर दैनिक एउटा उडान भइरहेको छ । यस अघि सीता एयरले दोस्रो लकडाउन अघि तीन महिना चाट्र्ड फ्लाईट हप्ताको तीन दिन गरेको थियो । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) गण्डकी र नाट्टा बाँकेको पहलमा गत फागुन ७ गते देखि वैशाख १६ गते सम्म चाटर्ड उडान भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook