• होमपेज
  • पर्वतका युवाको अमेरिकामा मृत्यु
गण्डकी प्रदेश

पर्वतका युवाको अमेरिकामा मृत्यु

कुश्मा : रोजगारीका लागि अमेरिका पुगेका पर्वतका एक युवाको निधन भएको छ । पर्वत जिल्लाको फलेवास नगरपालिका  १०  कुर्घाका २८ वर्षीय विपिन लम्सालको उपचारका क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा साउन १२ गते निधन भएको हो ।

विगत ५ वर्षअघि मात्र अमेरिका पुगेका लम्साल अमेरिकाको न्यूयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका थिए । अचानक स्वास्थ्यमा समस्या देखिएपछि गत मंगलबार उनलाई नजिकैको एल्महर्स्ट अस्पताल लगिएको थियो ।

विज्ञापन

उपचारको क्रममा उनको मृत्यु भएको खबर प्राप्त भएको मृतकका दाजु दिपेन्द्र लम्सालले जानकारी दिए । उनका अनुसार अहिले मृतक लम्सालको शव अस्पतालमा नै रहेको छ । हृदयघातका कारण मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

गैरआवासीय नेपाली संघ अमेरिकाको न्यूयोर्क शाखाका अध्यक्ष आङ्गछिरिङ्ग शेर्पालाई उद्धृत गर्दै मृतकका दाजु दिपेन्द्र लम्सालले शव नेपाल ल्याउनका लागि प्रकृया पुरा भैसकेको बताए । अबको २÷३ दिनमा शव नेपाल आइसक्ने जानकारी प्राप्त भएको उनले बताए ।

सुन्दर सपना सजाएर अमेरिका पुगेका परिवारका एक्ला छोरा विपिन लम्सालको २८ वर्षकै उमेरमा असामयिक निधन भएपछि अहिले परिवारसँगै सिंगो गाउँ विक्षिप्त बनेको छ । मृत्युको खबरले बाबु पोषराज लम्साल र आमा भावविह्व बनेका छन् ।

उनी ६ महिनाअघि मात्र विवाह बन्धनमा बाँधिएका थिए । विपिनका बुवा पोशराज लम्सालले छोराको शव नेपाल पठाइदिन एनआरएनएसमक्ष माग गरेका थिए । परिवारको अनुरोधपछि गैरअवासीय नेपाली संघ अमेरिकाका वर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले अमेरिकास्थित नेपाली दुतावास, मेरिल्याण्ड राज्यका विधान सभा सदस्य ह्यारी भण्डारी (साविक पर्वत निवासी) र न्यूयोर्क च्याप्टरसँग समन्वयमा प्रक्रिया पुरा गरेर शव ल्याउने तयारी भइरहेको बताए ।

यसैबीच लम्सालको दुःखद घटनाप्रति एनआरएनए अमेरिकाले समेत दुःख व्यक्त गरेको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा
समवेदना प्रकट गरेको छ ।एनआरएनए न्यूयोर्क च्याप्टरले नेपाल पठाउन लाग्ने खर्च व्यवस्थापनका लागि गोफण्डमार्फत सहयोगका लागि अपिल समेत गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook