• होमपेज
  • फलेबास नगरपालिकाको केन्द्र बिबाद: प्रदेश सांसद बिकास लम्साल र उपप्रमुख मन्जु अधिकारीको हार
Breaking News

फलेबास नगरपालिकाको केन्द्र बिबाद: प्रदेश सांसद बिकास लम्साल र उपप्रमुख मन्जु अधिकारीको हार

पर्वत । पर्वतको फलेबास नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि तोकिएको केन्द्र विवाद सर्बोच्च अदालतले खारेज गरिदिए पछि झकलकमा बन्ने भएको छ । लामो समयदेखि बिबादित रहँदै आएको नगरपालिकाको कार्यपालिका कार्यालय(केन्द्र) निर्माणको बिबादमा सर्वोच्च अदालतले यस अघि दिएको अन्तरिम आदेश खारेज गरेको हो ।

प्रदेश सांसद तथा पुर्व मन्त्री विकास लम्सालको निर्देशनमा नगरपालिकाका उपप्रमुख मन्जु अधिकारीले दायर गरेको रिटमा गत चैत २५ गते फलेवास ५ खानीगाउँमा अस्थायी रुपमा रहेको कार्यापालिका कार्यालय झकलक सार्ने निर्णय भएपछि सर्वोच्च अदालतमा यस अघि परेको मुद्दामा कामकाज रोक्न अन्तरिम आदेश दिएको थियो ।

विज्ञापन

सर्वोच्चको आदेश बिरुद्ध नगरप्रमुख पदमपाणी शर्माले दायर गरेको पुनरावलोकन मुद्दामा सुनुवाई गर्दै सर्वोच्च अदालतले आइतबार पुरानो अन्तरिम आदेश खारेज गरेको हो ।

सर्वोच्च अदालतका न्यायधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले पुरानो आदेशलाई निरन्तरता नदिने आदेश गरेको हो ।

आदेश संगै फलेबास नगरपालिकाले भवन निर्माणको काम अघि बढाउन बाटो खुलेको छ । ‘सर्वोच्च अदालतको आदेशले कार्यपालिकाको भवन निर्माण लगायतका कार्य अघि बढाउन बाटो खोलिदिएको छ।’ नगरप्रमुख पदमपाणी शर्माले भन्नुभयो ‘यस अघिको आदेशले नगरबासीको भावनामा चोट पुगेको थियो, अहिले अदालतले त्यसलाई सच्च्याउने काम गरेको छ ।’

नगरपालिकाको नगरसभाले केन्द्रको संरचना झकलकमा राख्ने निर्णयका बिरुद्ध उप्रमुख मञ्जु अधिकारीले चैत्र २२ गते नगरसभा, कार्यपालिका, मेयर सहितलाई बिपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेपछि चैत्र २५ गते भवन निर्माणको काम अघि नबढाउन अन्तरिम आदेश जारी गरेको थियो ।

सर्वोच्च आदेश बिरुद्ध मेयर पदमपाणी शर्मा सहितले आदेश खारेज गर्न माग गर्दै बैशाख ९ गते मुद्दा दर्ता गरेका थिए । अदालतमा फलेबास नगरपालिकाको तर्फबाट बरिष्ठ अधिबक्ताहरु शम्भु थापा, चन्द्रकान्त ज्ञावली, कृष्णप्रसाद सापकोटा, रमण श्रेष्ठ लगायतले बहस गरेका थिए भने उपप्रमुख अधिकारीकोतर्फबाट पुर्व माहान्याधिबक्ता रमेश बडाल सहितले बहस गरेका थिए ।

नगरपालिका स्थापना भएपछि लामो समय भाडाको घरमा र त्यपछि फलेवास सिंचाई आयोजनाको कार्यालयमा स्थानान्तरण गरेर संचालन गरिँदै आएको थियो । हाल रहेको अस्थाई केन्द्रबाट नयाँ स्थानन्तरण हुने झकलक झण्डै १ किलोमिटरको दुरीमा रहेको छ । उक्त स्थानमा ६० दशमलव ८ रोपनी जग्गा उपलव्ध भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook