• होमपेज
  • बागलुङमा भएको बस दुर्घटनामा ११ जना घाइते
Breaking News

बागलुङमा भएको बस दुर्घटनामा ११ जना घाइते

बागलुङ : जिल्लाको पश्चिम गलकोटमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। काठमाडौंबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको बा ५ ख १५५३ नम्बरको बस सोमबार बिहान मध्यपहाडी लोकमार्गको गलकोट नगरपालिका १ चौराहमा दुर्घटना हुँदा बसमा सवार २२ जना मध्ये ११ जना घाइते भएका हुन्। १० जना सकुशल छन्।

दुर्घटनामा परी गुल्मीको मुसिकोट गाउँपालिका ९ बार्सीकोटका २७ वर्षीय गिरीबहादुर परियार, बागलुङ ढोरपाटन नगरपालिका शेराका वर्ष ४२ की पवित्रा खत्री, गल्कोट नगरपालिका ३ गणेशचोकका वर्ष ७३ को हरीलाल खत्री, नवलपारासी सुनौल नगरपालिका ३ आसामबासीका वर्ष ४८ की तारा पुन, गुल्मी मुसिकोट नगरपालिका २ का वर्ष ३३ को राजकुमार कुवर, सोही स्थानका वर्ष ३० की तारा  थापा घाइते भएका छन्।

विज्ञापन

यसैगरी, बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर २ का वर्ष १७ को विष्णु थापा, भारत घर भइ हाल गुल्मी बस्ने वर्ष १९ को अनिल कुवर, वर्ष २५ का जिलाजित शर्मा, दिलदिप साहनी, बागलुङ वडिगाड गाउँपालिका ६ सिमलचौरका वर्ष ३९ का टेक बहादुर राना छन्।

घाइते सबैलाई धौलागिरी अस्पताल बागलुङ ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए। बसको ब्रेक फेल भइ सडकको कुनामा ठक्कर खाएको थियो। बसका चालक चित्रबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook