• होमपेज
  • सम्पर्कविहीन भएकी प्रदेश सांसद अस्पतालमा भेटिएपछि…
Breaking News

सम्पर्कविहीन भएकी प्रदेश सांसद अस्पतालमा भेटिएपछि…

काठमाडौँ । हिजो शुक्रबार बिहानदेखि सम्पर्कविहीन भएकी एक सांसद अस्पतालमा भेटिएकी छन् । लुम्बिनी प्रदेशकी सांसद बिमला कुमारी खत्री (वली) अस्पतालमा भेटिएकी छन् ।

माओवादी केन्द्रका अनुसार उनी बिरामी भएकोले उपचार गर्न अस्पताल भर्ना भएकी हुन् । उनले हिजोदेखि फोन नउठाएको कारण उनी सम्पर्कविहीन भएको हल्ला फैलिएको थियो ।

विज्ञापन

लुम्बिनी प्रदेश सभामा सत्तापक्ष अल्पमतमा रहेको कारण सत्ता जोगाउन सांसद किनबेच गर्न खोजेको आरोप विपक्षी गठबन्धनको छ । पति उत्तरकुमार वलीको मृत्युपछि भएको उपनिर्वाचनमादाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट उनी प्रदेश सभा सदस्य चुनिएकी हुन्।

उनको पतिको सडक दुर्घटनामा मृत्यु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook