• होमपेज
  • बालकोट रणनीति – समान हैसियत खोजेका नेता नेपाललाई एक्ल्याउने तयारी
Breaking News

बालकोट रणनीति – समान हैसियत खोजेका नेता नेपाललाई एक्ल्याउने तयारी

नेकपा एमालेलाई विभाजनबाट रोक्ने कसरत गरिरहेका केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका मध्यमार्गी नेताहरूले नेता नेपाललाई दोस्रो अध्यक्ष दिने तयारी रहेको बताएका भएपनि यसबारे कुनै छलफल नभएको ओलीसमूहका नेताहरूले दाबी गरेका छन् ।

उनीहरूले महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको अधिकार कटौती हुने या समान अधिकार सहित अर्को व्यक्तिलाई अध्यक्ष बनाउन विधानले नदिने तर्क गरेका छन् ।

विज्ञापन

गत असार २७ गते भएको दश बुँदेलाई हुबहु कार्यान्वयन गर्न तयार रहेको र त्यसबाहेक कसैलाई समान या दोस्रो हैसियतको अध्यक्ष दिने परिकल्पना नगरिएको ओली पक्षका नेताहरूको भनाइ छ ।

‘माधव कमरेडलगायतका साथीहरू तत्काल नआए पार्टी एकताको ढोका खुला राख्दै अघि बढ्छौं जुन दिन पाटीमा फर्किनुहुन्छ सोही दिन पुरानै जिम्मेवारी दिइन्छ । तर, अब कुरेर बस्ने स्थिति छैन ।’

नेता प्रदीप ज्ञवालीले सोमवार पाल्पामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपाललाई अब नकुर्ने बताएका छन् । एमालेका प्रवक्तासमेत रहेका ओली पक्षका नेता ज्ञवालीले माधव नेपाललाई कुरेर बस्न नसकिने टिप्पणी गरेका हुन् ।

सोमवार पाल्पामा आयोजित एक कार्यक्रममा बोल्दै ज्ञवालीले भने – ‘माधव कमरेडलगायतका साथीहरू तत्काल नआए पार्टी एकताको ढोका खुला राख्दै अघि बढ्छौं जुन दिन पाटीमा फर्किनुहुन्छ सोही दिन पुरानै जिम्मेवारी दिइन्छ । तर, अब कुरेर बस्ने स्थिति छैन ।’

उनले पार्टी दश बुँदे सहमतिकै आधारमा अघि बढ्ने प्रष्ट पारेका छन् । तर नेता नेपाल र उनीपक्षीय नेताहरू दश बुँदे सहमतिको अपनत्व कुनै एउटा समूहको बैठक बसेर लिन नसकिने स्पष्ट पारेका छन् ।

ओलीनिकट एक नेताले सूत्रन्यूजसँग भने – ‘बाहिर विधि र पद्धतिको कुरा गर्दै हिंड्ने फेरि विधानले परिकल्पना नै नगरेको अर्को अध्यक्षको दाबी गर्ने काम ठीक होइन । यसबारेमा हामीले कुनै छलफल गरेका छैनौं । अध्यक्ष ओलीले पनि विधानअनुसार नै अघि बढ्ने कुरा गर्नुभएको छ । दोस्रो अध्यक्ष हाम्रो परिकल्पनाभन्दा बाहिरको कुरा हो ।’

केही दिनयता नेता नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार रहेको बाहिरिएको थियो । तर ओली समूहमा नेता नेपाललाई अर्को अध्यक्ष बनाएर पार्टीलाई एक बनाउन सकिन्छ भन्ने विषयमा छलफल नै नभएको कतिपय नेताहरूले दाबी गरेका छन् ।

केन्द्रीय कमिटी सदस्य तथा कार्यालय सचिव शेरबहादुर तामाङले पनि अर्को अध्यक्ष दिएर विवाद समाधान गर्ने विषयमा कुनै कुरा नभएको दाबी गरे । सूत्रन्यूजसँग छोटकरीमा कुरा गर्दै उनले पनि विधानकै कुरा अघि ल्याए ।

‘यदि नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउने हो भने पैला विधान अधिवेशन गर्नुपर्छ । विधान संशोधन गरेपछि मात्र त्यो सम्भव होला । अहिलेलाई त्यो सम्भव छैन,’ तामाङले भने ।

उनले नेता नेपाललाई दोस्रो अध्यक्ष दिने कुरा सर्वोच्च अदालतको फैसलाअघि उठेको बताए । ‘त्यतिबेला कार्यदलमा कुरा उठेको हो, तर अहिले उठेको छैन । यसबारेमा अध्यक्ष सकारात्मक हुनुहुन्न । बाहिर कसले कसरी हल्ला फैल्याएको छ, त्यो हामीले जान्ने कुरा हुँदैन,’ तामाङको तर्क छ ।

केही दिनअघि नेपाल पक्षका नेता भीम आचार्यले दोस्रो अध्यक्षमा लगभग सहमति हुन लागेको सञ्चारकर्मीहरूलाई बताएका थिए । यसबारेमा विघटित कार्यदलका सदस्यहरू केही बोल्न चाहन्नन् ।

नेता सुरेन्द्र पाण्डेले यसबारेमा अहिले कुनै टिप्पणी गर्न आवश्यक नरहेको बताए । ‘विवाद समाधान गर्न हामी प्रयासरत छौँ, अहिल्यै यसबारेमा टिप्पणी गर्दिन म,’ पाण्डेले भने ।

एमाले विवाद समाधानका निम्ति गत जेठ २ गते ओली र नेपाल समूहका तर्फबाट ५/५ सदस्य रहनेगरी कार्यदल बनेको थियो । कार्यदलले काम गर्न नपाउँदै ओलीले नेपाल समूहका नेताहरूलाई कारवाही गर्न शुरू गरेपछि कार्यदलको औचित्य समाप्त भएको मानियो ।

त्यसपछि असार २१ गते कार्यदललाई ब्युँताइयो । पटक-पटक बैठक बसेपछि कार्यदलले २७ गते साँझ १० बुँदे सहमति तयार गर्यो तर त्यसलाई नेता नेपालले अनुमोदन गर्न चाहेनन् । त्यतिबेलै कार्यदलमा नेता नेपाललाई अध्यक्ष बनाउने गरी कुरा चलेको थियो ।

२८ गते सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्यो । ओली प्रधानमन्त्रीबाट बर्खास्त भए । त्यसपछि ओलीले नेता नेपाललाई गद्धार भन्दै पार्टीमा कुनै ठाउँ नरहेको कडा भाषण गरेका थिए ।

सोमवार नेता नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू भेलामा जुटेका छन् । पार्टी विभाजन पनि नगर्ने र संघर्ष गरिरहने नीति लिएको एमालेको नेपाल समूह यतिबेला दबाबमा देखिन्छ ।

त्यसयता ओली र नेपाल दुवैले एक अर्काविरोधी भाषण गरिरहेका छन् । ओलीले कहिले स्पष्टिकरण माग्ने त कहिले आममाफी दिने भन्दै कुरा फेरिरहेको स्थिति छ ।

विघटित कार्यदलका नेपाल पक्षीय नेताहरूले भने दोस्रो अध्यक्ष होइन, समान हैसियतको अध्यक्ष बनाउन प्रस्ताव गरेको दाबी गरिरहेका छन् । ‘बराबरी हैसियत रहने गरी नेता नेपाललाई अर्को अध्यक्ष बनाउने प्रस्ताव हाम्रो हो,’ एक नेताले भने, ‘उताबाट कुनै रेस्पोन्स आएको छैन ।’

त्यतिबेला अदालतमा रिट हाल्नेमध्ये कतिपय नेताहरू प्रतिनिधि सभा बैठक बहिष्कार गरे भने ओली समूहका ८ जनाले नेपाललाई साथ दिँदै देउवालाई मत हालेका थिए ।

सोमवार नेता नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू भेलामा जुटेका छन् । पार्टी विभाजन पनि नगर्ने र संघर्ष गरिरहने नीति लिएको एमालेको नेपाल समूह यतिबेला दबाबमा देखिन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा नेपाल समूहमै फूट आएको थियो । त्यतिबेला अदालतमा रिट हाल्नेमध्ये कतिपय नेताहरू प्रतिनिधि सभा बैठक बहिष्कार गरे भने ओली समूहका ८ जनाले नेपाललाई साथ दिँदै देउवालाई मत हालेका थिए ।

पार्टी एकताको सम्भावना टर्दै गएको निष्कर्षका साथ नेता नेपाल सत्तापक्षीय गठबन्धनको बैठकमा सामेल हुन छाडेका छैनन् । उनलाई प्रधानमन्त्रीले अध्यादेश अथवा अन्य कानूनी प्रबन्ध गरेरै भएपनि विभाजन सहज गरिदिने आश्वासन दिएका छन् । तर नेता नेपाल भने तत्काल विभाजन गर्ने पक्षमा देखिएका छैनन् ।

नेता रघुजी पन्तले सोमवार (आज) सम्म सहमति हुने दाबी गरेका भएपनि त्यो सम्भव देखिएको छैन । दुवै समूहका नेताहरू अलग-अलग छलफलमा जुटिरहेका छन् भने विघटित कार्यदलका सदस्यहरू भने अनौपचारिक छलफलमा जुटेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook