• होमपेज
  • कालोबजारी गर्नेलाई कानून बमोजिम कारवाही हुन्छ–मन्त्री कँडेल
गण्डकी प्रदेश

कालोबजारी गर्नेलाई कानून बमोजिम कारवाही हुन्छ–मन्त्री कँडेल

पर्वत/गण्डकी प्रदेश पर्यटन, उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री मणीभद्र शर्मा कँडेलले महामारिको बेला कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्नेलाई कानून अनुसार कारवाही गर्ने बताउनुभएको छ ।

पर्वत उद्योग बाणिज्य संघले शनिबार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै मन्त्री कँडेलले कृत्रिम अभव सिर्जना गरि कालोबजारी नगर्न व्यापारीहरुलाई आग्रह गर्नुभयो । अहिलेको विषम परिस्थितिमा सरकारलाई सबैले सहयोग गर्नु पर्नेमा कहिँ कतैबाट अवाञ्छित कार्य भएमा कारवाही गर्छौ उहाँले भन्नुभयो ।

विज्ञापन

उहाँले जुनसुकै हालतमा पनि सरकारले नागरिकको जिउ धनको रक्षा गर्न लागि पर्ने बताउँदै सबै नागरिकलाई खोपको पहुँच पु¥याउन गण्डकी प्रदेश सरकार लागि पर्ने बताउनुभयो ।

उहाँले स्थानीय सरकार र केन्द्र सरकारको समन्वयमा विकास निर्माणको कार्यमा हातेमालो गर्ने गरि प्रदेश सरकारले योजना अगाडी बढाएको समेत बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook