• होमपेज
  • लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेटवार्ता
राजनीति

लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेटवार्ता

बुटवल — लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री शंकर पोखरेलबीच भेटवार्ता भएको छ । शुक्रबार पदभार ग्रहण गरेका शेरचनलाई पोखरेलले शनिबार बिहान स्वागतसहित भेट गरेका हुन् ।

शुक्रबार प्रदेश प्रमुख आउँदा स्वागतका लागि सरकारका कुनै पनि मन्त्री सहभागी भएका थिएनन् । पदबहालीमा सरकारका प्रतिनिधि सहभागी नहुनुले सरकारले मर्यादापालन नगरेको भन्दै आलोचना भएको थियो ।

विज्ञापन

शनिबार दिउँसो विपक्षी गठबन्धनले स्वागतसहित तथा सशरीर उपस्थित भएर मौखिक रुपमा आफ्नो बहुमत दाबी गर्ने कार्यक्रम तय भएपछि त्यसअघि प्रदेश प्रमुखलाई भेट्न मुख्यमन्त्री पुगेका हुन् । भेटमा सरकारले गरेका काम, प्रगति र अहिलेको अवस्थाबारे जानकारी गराएका गराए ।

त्यसक्रममा प्रदेश प्रमुख शेरचनले संविधान र कानुनलाई टेकेर प्रदेशलाई अगाडि बढाउन र नमुना बनाउन लाग्नुपर्ने बताएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook