• होमपेज
  • आयाेगकाे निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा
द्रुत खबर बिशेष

आयाेगकाे निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव समूहलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा निवेदन दिनुभएको छ ।

आयोग र जसपा अध्यक्ष यादवलाई विपक्षी बनाएर ठाकुरले निवेदन दिनुभएको हो । निवेदनमा जसपाको आधिकारिकता यादवलाई दिने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गरिएको छ ।

विज्ञापन

साथै ठाकुरले रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म आयोगको साउन ११ गतेको निर्णय कार्यान्वयनमा रोक लगाउन माग गर्नुभएको छ । गएको साउन ११ गते आयोगले यादव समूहलाई जसपाको आधिकारिकता दिने निर्णय गरेको थियो ।

निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने अध्यक्ष ठाकुरको रिट निवेदनमा उल्लेख छ ।

अध्यक्ष ठाकुरका तर्फबाट वारेस लिइ प्रदीपकुमार पाठकले सर्वोच्चमा रिट दायर गर्नुभएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकता भएर जसपा पार्टी बनेको थियो ।

ठाकुरले आयोगको प्रक्रिया रोक्न माग गर्दै अघिल्लो पटक दिएको रिटको पेसी आज शुक्रवारका लागि तोकिएको थियो । अब दुई वटै रिटमा एक साथ सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook