• होमपेज
  • पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नाकोत्तर (एमबिए) तहको पढाई शुरु
कुश्मा नगरपालिका

पर्वतको गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नाकोत्तर (एमबिए) तहको पढाई शुरु

पर्वत/जिल्लाको सदरमुकाम कुस्मामा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसले जिल्लामै पहिलो पटक स्नाकोत्तर तहको पढाई शुरु गर्ने भएको छ । क्याम्पसले आगामी भदौ दोस्रो सातादेखि व्यवस्थापन संकायमा स्नाकोत्तर तह (एमबिए) को पढाई शुरु गर्ने गरि तयारी थालेको बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

त्रिभुवन विश्वविद्यालयले हालै मात्र स्विकृती दिएपछि पढाईका लागि तयारी थालिएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बसन्त कुमार कर्माचार्यले जानकारी दिनुभयो । २०४८ सालमा स्थापना भएको क्याम्पसमा स्नातक तहसम्म पढाई हुँदै आएकोमा यस वर्षदेखि स्नाकोत्तर तहको पढाई शुरु हुने भएसँगै जिल्लाबाट बाहिर गएर पढ्नुपर्ने बाध्यता हटेको हो ।

विज्ञापन

क्याम्पसले व्यवस्थापन संकायमा कक्षा संचालन भएपछि जिल्लामा विभिन्न बैंकमा कार्यरत कर्मचारी, तथा सदरमुकाम आसपासमा रहेका क्याम्पसबाट उत्पादन हुने विद्यार्थीहरुलाई लक्षित गरेको बताईएको छ । सेमेस्टर प्रणालीमा संचालन हुनेगरि केही दिनमा नै प्रवेश परिक्षामार्फत विद्यार्थी भर्ना लिने तयारी थालिएको छ । प्रयाप्त भौतिक पूर्वाधार र आवश्यक जनशक्ति समेत व्यवस्थापनको तयारीमा रहेकाले आगामी भदौ १७ गतेदेखि नयाँ कक्षा संचालन गर्ने तयारीमा छौं अध्यक्ष कर्माचार्यले भन्नुभयो ।

स्नाकोत्तर तहमा अध्यापन गर्ने प्राध्यापकहरु स्थानीय र विज्ञहरु रहने क्याम्पस प्रमुख सुभास पन्तले जानकारी दिनुभयो । एमफिल र पिएचडी उपाधी हाँसिल गरेका प्राध्यापकहरु व्यवस्थापन गरि पढाईमा गुणस्तर ल्याउने सोचका साथ संचालन थालिएको उहाँको भनाई छ ।

शुरुमा संचालन गर्दा केही आर्थिक भार पर्ने भएपनि आर्थिक व्यवस्थापनका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारका साथै विभिन्न दाता र संघसंस्थाको खोजी गरिने आर्थिक व्यवस्थापन समितिका संयोजक कमलनाथ पोखरेलले जानकारी दिनुभयो । क्याम्पसले ५ करोड बराबरको आर्थिक कोषको आँकलन गरेको र सो जुटाउन सबैसँगै आग्रह गरिने पोखरेलले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook