• होमपेज
  • चीनको हुनानमा पछिल्लो एक हजार वर्षयताकै धेरै वर्षाः १३ जनाको मृत्यु, दुई लाखलाई सुरक्षित स्थानमा सारियो
अन्तर्राष्ट्रिय

चीनको हुनानमा पछिल्लो एक हजार वर्षयताकै धेरै वर्षाः १३ जनाको मृत्यु, दुई लाखलाई सुरक्षित स्थानमा सारियो

काठमाडौं । चीनको हुनान प्रान्तमा अविरल वर्षासँगै आएको बाढीले १ जनाको मृत्यु भएको छ । हजारौं घर डुबानमा गरेका छन् ।

गत शुक्रबारदेखि परेको अविरल वर्षाका कारण हालसम्म १३ जनाको मृत्यु भएको छ भने दुई लाख बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विज्ञापन

पीडितको उद्धारका लागि तीन हजारभन्दा जनमुक्ति सेना खटाइएको छ । रेल, सडक र विमानस्थल बन्द गरिएका छन् ।

वर्षाले सबैभन्दा धेरै प्रान्तको राजधानी झेङझाउ प्रभावित भएको छ । धेरै मानिसहरू झेङझाउको सब वेमा बाढी आउँदा फसेका थिए । झेङझाउ सहर एलो रिभरको छेउमा छ ।

अत्याधिक वर्षा भएपछि नदी बढेको छ भने बाँधिएका ड्याम जुनसुकै बेला फुट्ने खतरामा पुगेका छन् ।

मौसमविद्हरूलाई उद्धृत गर्दै चिनियाँ सञ्चारमाध्यमले गत शनिबारदेखि मंगलबारसम्म झेङझाउमा ६ सय १७ मिलिमिटर पानी परेको जनाएका छन् । औसतमा उक्त सहरमा वार्षिक ६ सय ४० मिलिमिटर पानी पर्ने गरेको थियो ।

पछिल्लो एक हजार वर्षमा योपटक सबैभन्दा धेरै वर्षा भएको मौसमविद्हरुले बताएका छन् । बुधबार पनि उक्त क्षेत्रमा वर्षा भइरहेको छ । एजेन्सी

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook