• होमपेज
  • माधव नेपाल पक्षले भन्यो : पार्टी एकता प्रक्रियालाई प्रभावित पार्ने गतिविधि रोकियोस्
Breaking News

माधव नेपाल पक्षले भन्यो : पार्टी एकता प्रक्रियालाई प्रभावित पार्ने गतिविधि रोकियोस्

काठमाडौँ– नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकता प्रक्रियालाई प्रभावित पार्ने गरी भइरहेका नाराजुलुस बन्द गर्न माग गरेको छ ।

नेपाल समूहको बुधबार भएको स्थायी कमिटीको बैठकले एकता प्रक्रिया चलिरहेको अवस्थामा त्यसलाई प्रभावित पार्ने गतिविधि रोक्न माग गर्ने निर्णय गरेको हो । नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको बैठकले एकताको प्रक्रिया चलिरहेको अवस्थामा वरिष्ठ नेता नेपालविरुद्ध भइरहेका नाराजुलुस बन्द गरी एकता प्रक्रियालाई अघि बढाउन अध्यक्ष ओलीसँग माग गर्ने निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ।

विज्ञापन

‘एकताको लागि वार्ता चलिरहेको र १० बुँदे सहमति बुझाएको अवस्थामा स्पष्टीकरण सोध्ने, वरिष्ठ नेता नेपालविरुद्ध नाराजुलुस गर्ने एवं पुत्ला जलाउने, संविधान र सर्वोच्च अदालतको फैसलाअनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने र उनीहरुविरुद्ध उत्तेजक गतिविधि गर्ने र नाराजुलुस गर्ने काम तत्काल रोकिनुपर्छ ।’ उनले भने, ‘यस्ता गलत र उत्तेजक कार्यविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरताका साथ अगाडि बढाउन यो बैठक पार्टी अध्यक्ष कमरेडको ध्यानाकर्षण गराउँछ ।’

स्थायी कमिटी सदस्यहरूको बैठकले सर्वोच्चको आदेशअनुसार विश्वासको मत दिएकै आधारमा सांसदहरुलाई स्पष्टीकरण सोध्नुसमेत गलत रहेको निष्कर्ष निकालेको नेता पन्तले जानकारी दिए । उनले भने, ‘यो स्पष्टीकरण सोध्नु पर्ने विषय होइन । एकता प्रक्रियामा भाँजो हाल्ने काम गरिनु हुँदैन । एकतामा असर पुग्ने काम कतैबाट पनि हुनुहुन्न भन्ने हाम्रो मान्यता हो ।’

यसअघि नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने २२ जना सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

आजको बैठकमा नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्य भीम रावल भने सहभागी नभएको जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook