• होमपेज
  • काँग्रेसबाट मन्त्री बन्नेहरुको लिष्ट तयार, गगन थापा आउट
Breaking News

काँग्रेसबाट मन्त्री बन्नेहरुको लिष्ट तयार, गगन थापा आउट

काठमाडौँ – सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको प्रारम्भिक लिस्ट तयार पारेको छ ।  आज महामन्त्री पूर्णबहादुर खड्कासहित कांग्रेसका नेताहरुको छलफलले कांग्रेसबाट मन्त्री बन्नेहरुको लिस्ट तयार पारेको हो ।

स्रोतका अनुसार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको समूहबाट देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर मन्त्री बन्ने सम्भावना बढेको छ । त्यस्तै कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको समूहबाट सञ्जयकुमार गौतम, कांग्रेसका अर्का महामन्त्री खड्काको समूहबाट कांग्रेस सचेतक पुष्पा भुसाल, वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहबाट राजन केसी  र कृष्णप्रसाद सिटौलाको समूहबाट भीमसेनदास प्रधान मन्त्री बन्ने सम्भावना बढेको हो ।

विज्ञापन

गठबन्धनको सरकार भएकोले कांग्रेसले ६ मन्त्रालय पाउने लगभग पक्का जस्तै छ । यसअघि नै प्रधानमन्त्री देउवाले आफ्नै समूहका नेता बालकृष्ण खाणलाई गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाइसकेका छन् ।  ekagaj.com

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook