• होमपेज
  • प्रचण्डले भेटे माधव नेपाललाई, सरकारमा सहभागी हुन आग्रह
Breaking News

प्रचण्डले भेटे माधव नेपाललाई, सरकारमा सहभागी हुन आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा पछिल्लो परिवर्तित राजनीतिक अवस्थाबारे छलफल भएको बताईएको छ ।

नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भनेको छ । तर, प्रधानमन्त्री देउवाले सरकारमै सहभागी हुन आग्रह गरिरहेका छन् । प्रचण्डले पनि नेता नेपाललाई सरकारमा सहभागी हुनका लागि आग्रह गरेको बुझिएको छ । भोलि संघीय संसद्को बैठक बस्दैछ । बैठक बस्नुअघि नै कसरी अघि बढ्ने भन्नेबारे दाहालले नेपालसँग छलफल गरेका हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook