• होमपेज
  • माधव नेपाल बने शक्तिकेन्द्र, कोटेश्वरमा भीड बढ्यो
Breaking News

माधव नेपाल बने शक्तिकेन्द्र, कोटेश्वरमा भीड बढ्यो

काठमाडौं, २ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको शक्ति ह्वात्तै बढेको छ । विगतमा उनको कोटेश्वरस्थित निवासमा नेता कार्यकर्ताको आवतजावत् निकै पातलो हुन्थ्यो । विश्वासपात्रहरुले नै धमाधम छाडेपछि कतिपयले नेता नेपालको राजनीतिक अब सकिदै गएको अनुमान पनि लगाएका थिए ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर आफ्नै दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट झार्न सफल भएपछि नेपालको शक्ति एकाएक बढेको हो । उनी अहिले नेपालको राजनीतिमा बलियो शक्ति बनेका छन् ।

विज्ञापन

नेपाललाई भेट्न कोटेश्वरमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्डका अलावा विदेशी राजदूतहरु पनि जान थालेका छन् । कोटेश्वरस्थित नेपाल निवासमा गाडी पार्किङ गर्नेहरु पनि बढ्न थालेका छन् ।

नेत्रविक्रम चन्द विप्लवले पनि नेपाललाई भेटिसकेका छन् । एमालेको ओली पक्षका नेता देखि उनी निकटस्थहरु पनि भेटघाटका लागि बढीभन्दा बढी जान थालेका छन् ।
२३ सांसद साथमा रहेका माधव नेपाल यतिबेला निर्णायक शक्ति बनेका छन् । उनले देउवालाई विश्वासको मत दिने निर्णय लिएपछि सरकार अर्को चुनावसम्म टिक्ने लगभग निश्चित भएको छ । नेपाली राजनीतिमा बल माधव नेपालको कोर्टमा आएको छ ।

त्यसो त माधव नेपालले राजनीतिमा चट्टाने अडान पनि लिए । उनले देउवालाई प्रधानमन्त्री बनाउन प्रस्तावमा हस्ताक्षर गरे । पार्टीभित्र र बाहिरबाट चौतर्फी दबाबका सामु डगमग भएनन् । आफ्नै समूहका हस्तीहरुले साथ छाड्दा पनि नेपाल कत्तिपनि हलचल भएनन् । उनले अडान लिएरै देउवालाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका खेले । ओली सत्ताबाट हटे ।

अहिले ओलीले नेपालमाथि कारबाहीको चेतावनी दिएका छन् । तर, नेपाल अझै पनि डगमगाएका छैनन् । नयाँ दल खोलेर भएपनि सामना गर्ने तयारीमा लागेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook