• होमपेज
  • जसपामा सांसद तानातान : संसदीय दलमा पनि उपेन्द्र पक्षको बहुमत
Breaking News

जसपामा सांसद तानातान : संसदीय दलमा पनि उपेन्द्र पक्षको बहुमत

जनता समाजवादी पार्टी (जसपा)मा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच सांसद तानातानको स्थिति पैदा भएको छ ।

कुल ३२ सांसदमध्ये उपेन्द्र पक्षसँग १२ मात्रै सांसद थिए । तर, अहिले ६ जना सांसद उपेन्द्र पक्षको कित्तामा आएपछि महन्थ पक्ष अल्पमतमा परेको छ ।

विज्ञापन

महन्थ पक्षलाई अहिले आफ्ना सांसद जोगाउन हम्मेहम्मे परेको छ । बालकुमारीस्थित आज भएको उपेन्द्र पक्षीय संसदीय दलको बैठकमा महन्थ पक्षबाट पाँच सांसद उपस्थित थिए । ती हुन् नरमाया ढकाल, रानी मण्डल, अमृता अग्रहरि, रुही नाज र प्रमोद साह।

प्रमोद साहका अनुसार दुलारी देवी उपस्थित नभए पनि उपेन्द्र पक्षतिरै भएको बताए । उनका अनुसार आइतबारसम्म थप एक जना थपिएर उपेन्द्र पक्षमा १९ जना हुँदैछन् ।

यसो भएमा महन्थ पक्षसँग संसदीय दलमा जम्मा १३ जना सांसद हुनेछन् ।

साहका अनुसार अब बहुमत सदस्यले संसदीय दलको नेता चुनिने छ । ‘उता (महन्थ पक्ष) धेरै अन्याय भयो, एकतर्फी मात्रै निर्णय गरियो,’ साहले भने, ‘मधेश आन्दोलनलाई अघि बढाउन यता (उपेन्द्र पक्ष) आएका हौं ।’

जसपाका अध्यक्षद्वय ठाकुर र यादव पक्षबीचको विवाद निर्वाचन आयोगसम्म पुगेको छ । यी दुई पक्षले एकअर्कालाई कारबाही गरेको पत्र आयोगमा छ, जुन विचाराधीन छ ।

महन्थ पक्षले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता सहकार्य गरेको थियो ।

उपेन्द्र पक्ष भने तत्कालीन विपक्षी गठबन्धनमा देखिएको थियो । यो पक्षले कांग्रेससँग सत्ता सहकार्य गर्ने जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook