• होमपेज
  • १० लाख धरौटि बुझाएर रिहा भए कांग्रेस उपसभापति गच्छदार
पत्रपत्रिका

१० लाख धरौटि बुझाएर रिहा भए कांग्रेस उपसभापति गच्छदार

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार रिहा भएका छन्। विशेष अदालतमा आज उपस्थित भएका गच्छदारलाई १० लाख धरौटि बुझाएर रिहा गर्न अदालतले आदेश दिइएको थियो।

अदालतको आदेश लगत्तै गच्छदार १० लाख रुपैयाँ धरौटि बुझाएर रिहा भएका हुन्।

विज्ञापन

ललिता निवास प्रकरणमा भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसभापति गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा गराएको भन्दै भ्रष्टचार अभियोगमा २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो। उनीसँगै चार मन्त्री तथा पूर्व सचिवसहित १ सय ७५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो।

आज अदालत हाजिर भएका उनीमाथि थुनछेक बहस चलेको थियो। गच्छदारविरुद्ध अदालतमा ९ करोड ६५ लाख ७६ हजार बिगो र जरिवानासहित कैद माग गरिएको थियो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook