• होमपेज
  • फलेबास नगरपालिकाले दियो दुई सामुदायिक विद्यालयलाई स्कुल बस
गण्डकी प्रदेश

फलेबास नगरपालिकाले दियो दुई सामुदायिक विद्यालयलाई स्कुल बस

शिक्षामा आमुल परिवर्तन गरेको जिल्लाको फलेवास नगरपालिकाकाले दुई सामुदायिक विद्यालयमा स्कुलबस संचालनमा ल्याईएको छ । विद्यार्थीहरुलाई घरवाट विद्यालयसम्म आउजाउ गर्न सहज होस् भन्ने उद्धेश्यले भवानी विद्यापिठ मावि खानीगाउँ र जनता मावि देविस्थानमा स्कुलबस ल्याईएको हो ।

फलेवास नगरपालिकाको सहयोगमा ल्याईएका बस मंगलवार एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ । फलेवासका नगरप्रमुख पदमपाणी शर्माले दुवै विद्यालयका व्यवस्थापन समितिका अध्यक्षलाई बसको चावी हस्तान्तरण गर्नुभएको हो ।

विज्ञापन

सो अवसरमा नगरप्रमुख शर्माले विद्यालय र विद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि सवारी साधनको पनि महत्वपुर्ण भूमिका हुने बताउँदै विद्यार्थीहरु विद्यालय जान र फर्किदा घर जान लाग्ने समय पढाईमा खर्चिन पाउने बताउनुभयो । उहाँले शैक्षिक गुणस्तर बृद्धिका लागि नगरपालिकाका विशेष योजनाका साथ अघि बढेको समेत बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटा, प्रवक्ता टिकाराम गौडेल लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook