• होमपेज
  • गृहमन्त्रीको एक्सन : ओली सरकारको निर्णय अनुसार गरिएका एआइजी सरुवा नगर्न निर्देशन
Breaking News

गृहमन्त्रीको एक्सन : ओली सरकारको निर्णय अनुसार गरिएका एआइजी सरुवा नगर्न निर्देशन

काठमाडौं : गृह मन्त्रालयले हालै भएको पाँच जना एआइजीको सरुवा तत्कालै रोक्न निर्देशन दिएको छ। नयाँ सरकार परिवर्तनसँगै मंगलवार गृह मन्त्रालयको जिम्मेबारी सम्हालेका गृहमन्त्री बालकृष्ण खाँडले एआइजीको सरुवा रोक्न निर्देशन दिएपछि गृहले प्रहरी प्रधान कार्यालयलाई तत्काल सरुवा नगर्न निर्देशन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को बैठकले एआइजी सरुवा गर्ने निर्णय गरेको थियो। सोही अनुसार प्रहरी प्रधान कार्यालयले असार २७ गते सरुवा सार्वजनिक गरेको थियो।

विज्ञापन

एआइजी हरिबहादुर पालको सरुवा प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा भएको थियो। उनको सात महिनामा नै काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट सरुवा गरिएको थियो।

सामान्यतया कुनै पनि कारबाहीमा नपरेको खण्डमा एक वर्ष अघि सरुवा हुने गरेको छैन। तर, एआइजी पालको सात महिनामा नै सरुवा गरेको थियो।

त्यस्तै, काठमाडौं उपत्यका प्रहरी कार्यालयको जिम्मेवारी भने एआइजी प्रद्युम्न कार्कीलाई दिइएको छ। उनी यसअघि राष्ट्रिय प्रहरी परीक्षण प्रतिष्ठानमा कार्यरत थिए।

त्यस्तै, एआइजी नीरज शाही नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएका थिए। उनी यसअघि नेपाल प्रहरी प्रधान कार्यालय, मानव श्रोत एवं प्रशासन विभागमा थिए।

नेपाल प्रहरी प्रधान कार्यालय, कार्य एवं अपराध अनुसन्धान विभागमा रहेका एआइजी विश्वराज पोखरेललाई राष्ट्रिय प्रहरी परीक्षण प्रतिष्ठानमा सरुवा गरिएको थियो।

तर, आजसम्म सरुवा भएका कुनै पनि एआइजी सरुवा भएको ठाउँमा इन्चार्ज बुझेका थिएनन्। ‘हामीलाई अहिले रमना नबुझ्नु भनेर आइजीसा’बले भन्नु भएको छ,’ एक सरुवामा परेका एक एआइजीले भने।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook