• होमपेज
  • पर्वतका एक पुरुष पाँच दिनदेखि सम्पर्कविहीन
कुश्मा नगरपालिका

पर्वतका एक पुरुष पाँच दिनदेखि सम्पर्कविहीन

पर्वत : कुश्मा नगरपालिका-१४ आर्थर डाँडाखर्कका एक पुरुष पाँच दिनदेखि सम्पर्कविहीन भएका छन्। स्थानीय शिक्षक सुरेन्द्र शर्मा गौतमका अनुसार करिब ६७ वर्षीय बालकृष्ण विक गत असार १५ गतेदेखि सम्पर्कविहीन भएका हुन।

श्रीमान-श्रीमती मात्रै बस्दै आएका उनीहरूबीचमा असार १४ गते सामान्य घर झगडा भएको थियो। भोलिपल्ट १५ गते रोपाइँ गर्नका लागि बालकृष्णले खेताला पनि खोजेका थिए। बिहान करिब ८ बजेतिर घरबाट निस्किएका उनी अहिलेसम्म पनि कसैको सम्पर्कमा नआएको शिक्षक गौतमको भनाइ छ।

विज्ञापन

‘उहाँ मिजासिलो र खुसी देखिने मान्छे १५ गते बिहान घरबाट निस्कनुभएको रहेछ। झगडाको रिस मरेपछि घर फर्किनु होला नि भनेको अहिलेसम्म पनि आउनुभएको छैन‚’ शिक्षक गौतमले भने, ‘छोरा विदेशमा र बुहारी पोखरामा हुनुहुन्छ। घरमा रहनुभएकी उहाँकी श्रीमतीलाई समस्या भएको छ।’

कोही मान्छेले कुश्मा नगरपालिकाको दोबिल्लास्थित सन्तोष चोकमा देखेको बताएको भए पनि उनी कता लागे भन्ने खुलेको छैन। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बालकृष्ण बेपत्ता रहेको र खोजी गरिदिन भनी परिवारको तर्फबाट निवेदन आए लगत्तै खोजी भइरहेको भए पनि उनको अवस्थाबारे पत्ता लाग्न नसकेको बताए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook